बोलबमले व्यस्त बन्यो हलेसी   | Khabarhub Khabarhub

बोलबमले व्यस्त बन्यो हलेसी  


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- बोलबमका कारण खोटाङको त्रि–धार्मिक स्थल हलेसी चलायमान बनेको छ । साउनभर लाग्ने बोलबम मेलाको अवसरमा धार्मिक तथा पर्यटकीय स्थल हलेसी आन्तरिक तथा बाह्य दर्शनार्थीले व्यस्त बनेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा साउन सुरु भएसँगै जल चढाउने दर्शनार्थीको भीड लाग्ने गरेको भए पनि हरेक सोमबारका दिन तीर्थयात्रीको घुइँचो लागिरहेको छ । कोभिड–१९ को महामारीले दुई वर्षसम्म सुनसान बनेको हलेसीमा बोलबमले ग्राहक बढ्दा व्यवसायी उत्साहित छन् ।

साउन सुरु भए यता हलेसीमा हरियो कपडा, चुरा र मेहन्दीमा सजिएका महिला तथा रातो गेरु रंगको पहिरनमा सजिएका पुरुष दर्शनार्थीको बाक्लो चहलपहल छ । साउनको तेस्रो सोमबारसम्ममा करिब ४० देखि ५० हजार दर्शनार्थी हलेसी आएको अनुमान गरिएको हलेसी महादेवस्थान विकास समितिका कार्यालय सचिव सर्वधन बस्नेतले बताए । बोलबमको अवसरमा हलेसी आएका दर्शनार्थीका कारण साना तथा ठूला होटलहरु भरिएका छन् । होटेलमा कोठा नपाउँदा कतिपय दर्शनार्थी गाडीमै रात बिताउने गरेका छन् । पूजा सामग्रीको किनमेल बढेको छ । बोलबम मेलाले हलेसीको आर्थिक क्रियाकलापलाई चलायमान बनाएको छ ।

बिहान ४ बजे खुल्ने हलेसी मन्दिरमा दर्शनका लागि दर्शनार्थी राती दुई बजेदेखि नै लाइनमा उभिने गरेका छन् । दर्शनार्थीलाई मन्दिर प्रवेश गर्न र बाहिरिनका लागि सहज बनाउन डोरी टाँगेर ‘वान वे सिस्टम’ बनाइएको छ । भीड व्यवस्थापनका लागि प्रहरी र स्वयंसेवक परिचालन गरिएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीमा हरेक साउनको दोस्रो, तेस्रो र चौथो सोमबार थप दर्शनार्थीको भीड लाग्ने गरेको छ ।

दर्शनार्थी चार पाङ्ग्रे गाडी र मोटरसाइकल चढेर हलेसी आउने गरेका छन् । हलेसी र हलेसी ओहोरदोहोर गर्ने बाटोमा सामुहिक रुपमा ‘बोलबम’ उच्चारण गर्दै यात्रा गर्ने दर्शनार्थीको संख्या पनि उत्तिकै बाक्लो देखिन्छ । बोलबम मेलाको अवधिमा हलेसीमा जल चढाउनका लागि नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, इलाम, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बतलगायतका ठाउँबाट दर्शनार्थी आउने गरेका छन् । विगतको तुलनामा मन्दिरमा भीडको व्यवस्थापन चुस्त देखिएको सिराहाबाट हलेसी आइपुगेका दर्शनार्थी धिरेन्द्र यादवले बताए ।

मनोकाङ्क्षा पूरा हुने विश्वासमा हलेसीमा साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएका जल चढाउने गरिन्छ । हलेसीमा देश तथा विदेशबाट आएका हिन्दु धर्मावलम्बीहरूले नुहाएर व्रत गर्दै महादेव, पार्वती र गणेशलाई नदीको जल चढाउने गरेका छन् । हलेसीमा विवाहित महिलाले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुख समृद्धिको कामना गर्दै र अविवाहिता महिलाले असल श्रीमान् पाउने कामना गर्दै पूजा अर्चना गर्ने प्रचलन रहिआएको छ । पवित्र जल तथा बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा हुने र सुखशान्ति मिल्ने विश्वास छ ।

स्थानीयका अनुसार हलेसीमा बोलबम मेला लाग्ने प्रचलन भने करिब दशकदेखि मात्र सुरु भएको हो । तराईबाट कटारी–घुर्मी हुँदै हलेसीसम्म आउने–जाने सडक बिस्तार भएपछि र पूर्वपश्चिम जोड्ने मध्य पहाडी लोकमार्ग विस्तार भएपछि हलेसीमा बोलबम मेला लाग्न थालेको हो ।

बराह पोखरीमा पनि मेला बोलबमको अवसरमा खोटाङकै धार्मिक तथा पर्यटकीयस्थल बराह पोखरीमा पनि दर्शनार्थीको भीड लागेको छ । बराह पोखरी गाउँपालिका–१ बराह पोखरीमा पर्ने बराह पोखरीमा पनि हरेक साउन महिनाभर बोलबम मेला लाग्ने गरेको छ । शंखेश्वरी महादेवको दर्शन गर्न, मेला भर्न, घुमफिर गर्न र चन्द्राकार बराह पोखरीको दृश्यावलोकनकालागि बराह पोखरी चर्चित छ । संसारमै दुर्लभ मानिने रातो माछा पाइने बराह पोखरीको पानीले स्नान गर्दा रोग व्याधि निको हुने तथा आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यता छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ६ : २० बजे

प्रचण्डको टिप्पणी- उपसभामुखलाई हटाउन खोज्दा सरकार सुरुमै असफल भयो

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत कदम

परराष्ट्रमन्त्री डा. राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता 

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता

एन्फा महिला लिग : नेपाल पुलिस क्लब विजयी

काठमाडौं– राजधानीमा जारी एन्फा महिला लिगमा संकटा फुटबल क्लब र

मोरङका अस्पतालमा बिरामी बढेपछि रगतको अभाव

बेलबारी – मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै रगतको अभाव हुन

जापानमा बाढीपहिरोका कारण एक जनाको मृत्यु, सात बेपत्ता

टोकियो – जापानको भूकम्प प्रभावित क्षेत्र इशिकावामा भारी  वर्षाका कारण