रक्षाबन्धन र लाखे नाचको रौनक [फोटोफिचर] « Khabarhub

रक्षाबन्धन र लाखे नाचको रौनक [फोटोफिचर]


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा र गाईजात्रा यस वर्ष पनि काठमाडौँमा मनाइएको छ । यद्यपी शनिबार पनि गाइजात्रा मनाइने परम्परा छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँधेका छन् । जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा काठमाडौँको बसन्तपुरमा घुइँचो छ ।

जहाँ रक्षाबन्धन बाध्ने र गाईजात्राको अवसरमा लाखे नाच नाच्ने चलन छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धन मनाउने गरिन्छ ।

बसन्तपुरमा रक्षाबन्धनमा स–साना केटाकेटीदेखि युवा, वयस्क र बुढाबुढीसम्म थिए । कोही रक्षाबन्धनका लागि डोरी किन्दै, कोही डोरी बाध्दै अनि कोही लाखे नाच नाचिरहेका थिए । बसन्तपुर शुक्रबार दिनभरजसो व्यस्त र भीडभाडमय बन्यो ।

यस्तै बसन्तपुरमा गाईजात्राको दिन लाखे नाच्ने र आफन्तको नाममा फोटो देखाउँदै गाईजात्रामा सहभागी हुनेको संख्या पनि बढ्दो थियो ।

फोटो : सरोज रञ्जित

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ७ : ५९ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ