एक महिनादेखि फोहोर नउठ्दा दुर्गन्धित बन्यो विर्तामोड | Khabarhub Khabarhub

एक महिनादेखि फोहोर नउठ्दा दुर्गन्धित बन्यो विर्तामोड


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- विर्तामोड नगरपालिकाले एक महिनादेखि फोहरमैला उठाउन नसक्दा सार्वजनिकस्थल दुर्गन्धित हुन थालेको छ । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडको मुक्तिचोक, विर्ताबजार, कृषिथोक, चारपाने, बुट्टाबारी, गरामनीलगायत सहरी तथा आसपासका बजारमा फोहोरको डङ्गुर थुप्रिएको छ । सार्वजनिक स्थलमा हिँड्डुल गर्दा सर्वसाधारणले नाक थुन्नुपर्ने अवस्था सिर्जना भएको छ ।

फोहोर विसर्जन गर्न डम्पिङ साइटको व्यवस्था गर्न नसक्दा नगरको फोहरमैला उठाउन नसकिएको नगरपालिकाले जनाएको छ । फोहरमैला जताततै थुप्रिएर नगरमा दुर्गन्ध र सङ्क्रामक रोग फैलिने सम्भावना बढेको भन्दै उपभोक्ता जागरण अभियान झापाले नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

‘एक महिनादेखि नगरपालिकाले सहरबाट फोहर उठाएको छैन’, नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको उपभोक्ता जागरण अभियान झापाका सचिव विशाल थापाले भने, ‘अति भएपछि हामीले नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई भेटेरै अविलम्ब फोहरमैला उठाउने व्यवस्था मिलाउन माग गरेका हौँ ।’

नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले फोहरमैला व्यवस्थापनका लागि सञ्चालन गरिएका डम्पिङ साइटमा स्थानीयवासीको अवरोध जारी रहेकाले फोहर उठाउन नसकिएको बताए । कुहिने र नकुहिने गरी दैनिक छ ट्रयाक्टर फोहर बिर्तामोडको बजार, सडक र भित्री गल्लीमा जम्मा हुने गरेको उपप्रमुख सङ्ग्रौलाको भनाइ छ ।

उनले एक महिनामा फोहर व्यवस्थापनका लागि चारवटा स्थान तयार गरिएयता पनि नागरिक अवरोधकै कारण फोहोर विसर्जन गर्न नसकिएको बताए । उनले फोहरमैला विसर्जनलाई विर्तामोड नगरपालिका–७ र ८, कनकाई नगरपालिका–१ र बाह्रदशी गाउँपालिका–७ का बासिन्दाको निजी जमिन लिजमा लिएर फोहोर मैला विसर्जन गर्ने तयारी गरेको जानकारी दिए । तर ती सबै स्थानमा स्थानीयले अवरोध पुर्याएका छन् ।

फोहोर मैला व्यवस्थापनको कार्य विर्तामोड नगरपालिका एक्लैले गर्न नसक्ने अवस्था आइसकेको छ । विगत पाँच वर्षभरि फोहरमैला विसर्जनका लागि स्थायी प्रकृतिको डम्पिङ साइट सञ्चालनमा स्थानीयले अवरोध पु¥याएपछि बाध्य भएर नगरका तत्कालीन प्रमुख ध्रुवकुमार शिवाकोटीले आफ्नै जग्गामा खाल्डो खनेर फोहोर परेको थियो ।

नगरकी प्रमुख पवित्रा महतराले छिमेकी पालिका मेचीनगर, अर्जुनधारा, बाह्रदशी र कनकाईसँग मिलेर साझा डम्पिङ साइट खोज्न आवश्यक रहेको बताए । उनले फोहरमैला व्यवस्थापनका लागि छिमेकी पालिकाका जनताले पनि साथ दिनुपर्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १० : २९ बजे

कैलालीबाट १२ जना जुवाडे पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-७ मनेहरास्थित न्यु लामिछाने कन्ट्रक्सनभित्र जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१

७७ प्रतिशत नाघ्यो बजेट खर्च, पुँजीगत आधाभन्दा कम

काठमाडौँ – सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

बर्दिया– १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बारबर्दिया नगरपालिका-१० बैदी डेरा

अमेरिकाले बम हान्नु तीन दिनअघि इरानको मुख्य परमाणु केन्द्रमा पुगेका थिए सयौँ ट्रक र बुल्डोजर

तेहरान-अमेरिकाले इरानको फोर्डो परमाणु केन्द्रमा हमला गर्नुअघि उक्त स्थानमा कयौँ

इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते

जेरुसेलम– अमेरिकाले आणविक साइटहरूमा बम प्रहार गरेलगत्तै इरानले इजरायलमा दुईवटा