३३ वर्षपछि जोरसाल हाट सञ्चालनमा « Khabarhub

३३ वर्षपछि जोरसाल हाट सञ्चालनमा


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- फिदिम नगरपालिका–४ जोरसाल बजारमा ३३ वर्षपछि औँसीपूर्णिमा हाटबजार सञ्चालनमा आएको छ । जिल्लाको पुरानो सदरमुकामसमेत रहेको जोरसाल बजारमा आजदेखि हाट पुनः लाग्न थालेको हो । हाटको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले आज आयोजित कार्यक्रममा उद्घाटन गरे ।

सदरमुकाम फिदिमबाट दुई किलोमिटरको दूरीमा रहेको यस बजारको पुनर्जीवन, उक्त आसपासका कृषकहरुको कृषि उपजको सहज विक्रीवितरण तथा परम्पराको संरक्षणका लागि हाटलाई पुनः सञ्चालनमा ल्याइएको हो ।

देउराली युवा क्लब र जोरसाल व्यवस्थापन समितिले उक्त हाट सञ्चालनमा ल्याएका हुन् । हटिया पुनः सञ्चालन गर्ने सोच बनाएका स्थानीयवासीलाई फिदिम–४ का वडाध्यक्ष उपेन्द्र लावतीले सहयोग गरेपछि आजदेखि हाट सञ्चालनमा आएको छ । प्रत्येक औँसी र पूर्णिमाका दिन लाग्ने हटिया विशेषतः स्थानीय कृषि उपज विक्रीका लागि उपयुक्त हुने स्थानीयवासीको अपेक्षा छ ।

हाटमा आसपासका कृषकहरुले सागसब्जी, दाल, फलफूललगायत कृषि उपज विक्रीका लागि राखेका थिए भने फिदिमका केही व्यवसायीले लत्ताकपडा, जुत्ताचप्पललगायत सामग्री विक्रीका लागि राखेका थिए ।

सदरमुकाम फिदिममा प्रत्येक शनिबार शनिबारे हटिया लाग्दै आएको छ । जिल्लाका अधिकांश हाट बजारहरु क्रमशः बन्द हुँदै गएको अवस्थामा फिदिम–४ मा उक्त हटिया पुनः लाग्न सुरु हुनु सुखद् विषय भएको पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज घिमिरेको भनाइ छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ११ : ०४ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा