३३ वर्षपछि जोरसाल हाट सञ्चालनमा | Khabarhub Khabarhub

३३ वर्षपछि जोरसाल हाट सञ्चालनमा


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- फिदिम नगरपालिका–४ जोरसाल बजारमा ३३ वर्षपछि औँसीपूर्णिमा हाटबजार सञ्चालनमा आएको छ । जिल्लाको पुरानो सदरमुकामसमेत रहेको जोरसाल बजारमा आजदेखि हाट पुनः लाग्न थालेको हो । हाटको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले आज आयोजित कार्यक्रममा उद्घाटन गरे ।

सदरमुकाम फिदिमबाट दुई किलोमिटरको दूरीमा रहेको यस बजारको पुनर्जीवन, उक्त आसपासका कृषकहरुको कृषि उपजको सहज विक्रीवितरण तथा परम्पराको संरक्षणका लागि हाटलाई पुनः सञ्चालनमा ल्याइएको हो ।

देउराली युवा क्लब र जोरसाल व्यवस्थापन समितिले उक्त हाट सञ्चालनमा ल्याएका हुन् । हटिया पुनः सञ्चालन गर्ने सोच बनाएका स्थानीयवासीलाई फिदिम–४ का वडाध्यक्ष उपेन्द्र लावतीले सहयोग गरेपछि आजदेखि हाट सञ्चालनमा आएको छ । प्रत्येक औँसी र पूर्णिमाका दिन लाग्ने हटिया विशेषतः स्थानीय कृषि उपज विक्रीका लागि उपयुक्त हुने स्थानीयवासीको अपेक्षा छ ।

हाटमा आसपासका कृषकहरुले सागसब्जी, दाल, फलफूललगायत कृषि उपज विक्रीका लागि राखेका थिए भने फिदिमका केही व्यवसायीले लत्ताकपडा, जुत्ताचप्पललगायत सामग्री विक्रीका लागि राखेका थिए ।

सदरमुकाम फिदिममा प्रत्येक शनिबार शनिबारे हटिया लाग्दै आएको छ । जिल्लाका अधिकांश हाट बजारहरु क्रमशः बन्द हुँदै गएको अवस्थामा फिदिम–४ मा उक्त हटिया पुनः लाग्न सुरु हुनु सुखद् विषय भएको पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज घिमिरेको भनाइ छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ११ : ०४ बजे

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले

कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्म कैद

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्म कैदको फैसला भएको

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६