निलम्बित प्रधानन्यायाधीशको बयान भोलि सक्ने तयारी « Khabarhub

निलम्बित प्रधानन्यायाधीशको बयान भोलि सक्ने तयारी

चार दिनभित्र प्रतिवेदन बुझाइने


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान भोलि सक्ने तयारी गरिएको छ।

महाभियोग सिफारिस समितिले भोलि बाँकी रहेका प्रश्न सोध्ने तयारी गरेको छ। उक्त सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले मंगलबार सवाल र जवाफ सकिने र बाँकी काम अघि बढाइने बताएका छन्।

बयानको चौथो दिन आइतबारसम्म ३५ प्रश्न सोधिएको थियो। समितिले हिजो मात्रै २४ वटा प्रश्न सोधेको थियो। समितिले उनका लागि ४२ प्रश्न तय गरेको छ। जवाफ दिने क्रममा जबराले आफ्ना सहकर्मी न्यायाधीशहरु र राजनीतिक दलका शीर्ष नेतालाई आरोप लगाइरहेका छन्।

जबराविरुद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यसपछि उनी स्वतः निलम्बनमा परेका छन्। प्रतिनिधिसभाको कार्यकाल असोज १ गते सकिने भएपछि समितिले यसै महिनाको अन्त्यसम्ममा प्रतिवेदन बुझाउने तयारी गरेको छ।

संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियो। उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको थियो।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ८ : ०६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।