‘भीषण सांगीतिक साँझ’ हुने  « Khabarhub

‘भीषण सांगीतिक साँझ’ हुने 


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एम्बुलेन्स सञ्चालन सहयोगार्थ चर्चित गायक भीषण मुकारुङको एकल साँझ हुने भएको छ। असोज ६ गते बिहीबार सांगीतिक साँझ गर्न लागिएको हो। भोजपुरे सेवा समाज काठमाडौँले एकल साँझको आयोजना गर्न लागेको हो । 

राष्ट्रिय नाचघर जमलमा हुने सांगीतिक साँझ विशुद्ध सामाजिक सेवाभावका लागि आयोजना गरिएको गायक मुकारुङले बताए। नेपाल ज्येष्ठ नागरिक संरक्षण संघ ट्याम्के मैयुङ-३ अन्नपूर्णले सञ्चालन गरिरहेको एम्बुलेन्स व्यवस्था सहयोगार्थ सांगीतिक साँझको आयोजना गरिएको मुकारूङको भनाइ छ। 

‘विशुद्ध सामाजिक सेवाभावको उद्देश्य राखेर सांगीतिक साँझको आयोजना गरिएको हो। यो पुण्य कामको हिस्सा हुन पाउँदा गर्व लागेको छ,’ मुकारूङले सुनाए।  

मुकारुङ भोजपुरको ट्याम्के मैयुङ-३ अन्नपूर्णका हुन्। दुई दशकभन्दा लामो समयदेखि सांगीतिक यात्रामा रहेका मुकारूङका ‘विश्वासको बन्धन,’ ‘सक्सेस’, ‘संवाद’, ‘माहौल’, ‘चन्द्रमुखी,’ ‘एउटा सत्य’ लगायतका एल्बम बजारमा छन्। उनका ‘अँधेरीमा जुन फूल्दा’, ‘खोर्सानी डल्ले’, ‘चन्द्रमुखी’, ‘ए सिम्मा’ लगायतका गीत चर्चित छन्। उनले आफ्ना चर्चित गीत साँझमा प्रस्तुत गर्नेछन्।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  २ : ०१ बजे

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३