‘मिस्टर मोडल अफ द वर्ल्ड’ को उपाधि शाहलाई | Khabarhub Khabarhub

  ‘मिस्टर मोडल अफ द वर्ल्ड’ को उपाधि शाहलाई


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंका २२ वर्षीय मोडल मिलेनियम तण्डुकार शाहले ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल–२०२२’ उपाधि जितेका छन् ।
भक्तपुरको राधेराधेस्थित हेरिटेज गार्डेनमा शनिबार आयोजित ग्रान्ड फिनालेमा ५ फिट ११ इन्च उचाइ भएका मोडल तण्डुकारले २१ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि जितेका हुन् ।

विजेता तण्डुकारले यो उपलब्धिसँगै ३ देखि ७ नोभेम्बरसम्म थाइल्यान्डको बैंककमा आयोजना हुने मिस्टर मोडल अफ द वर्ल्ड–२०२२ मा नेपालको प्रतिनिधित्व गर्ने मौका पाएका छन् । प्रतियोगितामा विश्वका विभिन्न देशका उत्कृष्ट मोडलहरूको सहभागिता रहने छ ।

प्रतियोगितामा तण्डुकारले मिस्टर पब्लिक च्वाइसको टाइटल अवार्डसमेत जितेका छन् । फेसन मोडलको रूपमा सक्रिय तण्डुकार स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छन् ।

यसअघि सन् २०१८ मा सम्पन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका मोडल तथा अभिनेता डा.दिक्पाल कार्कीले मोडल अफ द वर्ल्ड २०१८ को उपाधि जितेका थिए । सन् २०१९ मा भने मनोज गुरुङले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए ।

प्याजेन्ट नेपाल इन्टरनेसनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रूपमा आयोजना गरेको पुरुष मोडलहरूको यो प्रतियोगितामा आभिनेष श्रेष्ठले फर्स्ट रनर्सअप तथा आकाश महर्जनले सेकेन्ड रनर्सअपको उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा सफल न्यौपाने तथा धिरज बोगटीले क्रमशः थर्ड रनर्सअप तथा फोर्थ रनर्सअपमा चित्त बुझाएका छन् ।

प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिस्पर्धीहरूलाई विभिन्न उपाधिद्वारा पुरस्कृत गरिएको छ । तीमध्ये सुलक्स चापागाईंले एड्भोकेसी एम्बास्डर तथा कमलकुमार चौधरीले युथ एम्बास्डरको उपाधि जितेका छन् ।

शीर्ष उपाधितर्फ मनिष पासवानले मिस्टर मल्टिमिडिया, अभिनेश श्रेष्ठले मिस्टर फिजिक्स, अंकितप्रताप सिंहले मिस्टर फोटोजेनिक तथा सफल न्यौपानेले अनलाइन भोटिङ स्टारको उपाधि जित्न सफल भए ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  २ : ३३ बजे

सहमतिको १२ घण्टा नहुँदै भारत-पाकिस्तानले गरे युद्ध विराम उल्लङ्घन

दुवै देश आरोप–प्रत्यारोपमा उत्रिए नयाँदिल्ली – भारत र पाकिस्तान दुवैले

आइतबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल वैशाख २८ गते आइतबार। वैशाख

आज २०८२ साल वैशाख २८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख २८ गते आइतबार। वैशाख

सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ

सिरहा – सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा आज एक सुत्केरीको मृत्यु