सन्दीपलाई कालोसूचीमा राखेपछि नायिका रिमाको आक्रोश « Khabarhub

सन्दीपलाई कालोसूचीमा राखेपछि नायिका रिमाको आक्रोश


२७ भदौ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरी अनुसन्धानमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको विषयलाई लिएर नायिका तथा रियालिटी शाे होस्ट रिमा विश्वकर्माले प्रश्न उठाएकी छन् ।

एउटा अन्तर्राष्ट्रिय स्तरको खेलाडीलाई दोष प्रमाणित हुनु अगाडि नै यसरी कालोसूचीमा राखिनु न्यायपूर्ण नभएको उनको तर्क छ । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै रिमाले आफ्नो आक्रोश व्यक्त गरेकी हुन् ।

उनले सन्दीप लामिछाने दोषी हुन् वा निर्दोष भन्ने छानबिनपछि मात्रै थाहा हुने उल्लेख गर्दै दोषी ठहर भए कानुन बमोजिम सजाय पाउनुपर्ने पनि बताएकी छन् ।

उनले सोमबार फेसबुकमा लेखेकी छन्, ‘सन्दीप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला । दोषी भएमा उनले देशको कानुन बमोजिम सजाय पाउनु पर्छ, अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुँदैन। तर आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी  एक अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई कालो सुचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ?’

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  २ : ५९ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं