२८ जनामा स्क्रबटाइफस सङ्क्रमण पुष्टि « Khabarhub

 २८ जनामा स्क्रबटाइफस सङ्क्रमण पुष्टि


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

बैतडी– यहाँ २८ जनामा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएको छ । चालु आर्थिक वर्षको हालसम्म २८ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

सङ्क्रमण देखिनमा जिल्लाका सबै स्थानीय तहका बिरामी रहेका कार्यालयले जनाएको छ । यहाँ पछिल्लो समयमा स्क्रबटाइफसका बिरामीको सङ्ख्या बढ्दै गएको छ । बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिको परीक्षण गर्दा स्क्रबटाइफस देखापर्ने गरेको हो । परीक्षण नगराएका व्यक्तिमा समेत स्क्रबटाइफसको सङ्क्रमण हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । 

जिल्ला अस्पतालमा हाल दैनिकरूपमा ‘स्क्रबटाइफस’का बिरामी फेला पर्न थालेका जिल्ला अस्पतालका प्रमुख डा दिपेश श्रेष्ठले जानकारी दिए । स्क्रबटाइफसमा पनि टाइफाइड ज्वरो जस्तै लक्षण देखिने भएकाले समयमा नै अस्पतालमा जाँच गर्नुपर्ने र स्वास्थ्य संस्थामा जाँच गरेपछि मात्रै स्क्रबटाइफस भए नभएका बारेमा जानकारी हुने डाक्टर श्रेष्ठको भनाइ छ ।

अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा स्क्रबटाइफसको परीक्षण गरिरहेको छ । उनले भने, ‘केही स्क्रबटाइफसका बिरामीलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था रहेको छ, दैनिकरूपमा नै देखिनुले यसको जोखिम निकै बढी देखिएको छ, यसबाट बच्न जरुरी छ ।’

पछिल्लो समय दिनप्रतिदिन यहाँ ‘स्क्रबटाइफस’का बिरामी देखिन थालेपछि यस रोगको जोखिम पनि बढ्दै गएको छ । अहिले गाउँगाउँमा ज्वरोका बिरामी रहेकाले तीमध्ये कसैलाई स्क्रबटाइफससमेत हुनक्ने भएकाले परीक्षण गर्न भनिएको छ ।

वर्षात्मा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । यो समयमा किर्नालगायतका किराले टोक्ने भएकाले स्क्रबटाइफसका बिरामी पनि देखिने गरेका हुन् । पशुचौपाया घुलमिल हुँदा किर्नाले टोक्ने त्यसपछि स्क्रबटाइफस देखिने गरेको र स्क्रबटाइफसले ज्यानै लिन सक्छ ।  

‘माइट’ नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्रबटाइफस हुने भएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । स्क्रबटाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, बान्ता, पेट दुखाइ र पखालाले सताउनु, श्वास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ । 

‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । स्क्रवटाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायतमा सङ्क्रमण र कहिलेकाहीँ बहुअङ्ग विकार (मल्टी अर्गन डिल्फसन) को अवस्था पनि सिर्जना हुनसक्नेछ । यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्नसमेत स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । 

स्क्रबटाइफस किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने तथा शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ३ : ४५ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय