नेप्सेमा दोहोरो अङ्कको गिरावट « Khabarhub

नेप्सेमा दोहोरो अङ्कको गिरावट


२७ भदौ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार नौ सय १२ दशमलव ७४ मा सीमित भएको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक दुई दशमलव ३९ अङ्कले ओरालो लागेर तीन सय ७२ दशमलव ३४ अङ्कमा सीमित भएको छ  । कूल दुई सय २५ कम्पनीका २६ लाख १३ हजार पाँच सय ४० कित्ता शेयर रु ८३ करोड १६ लाख तीन हजार छ सय ५१ बराबरको कारोबार भयो ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै शेयर मूल्यमा सामान्य वृद्धि भएको छ । सो उपसमूह शून्य दशमलव शून्य दुई अङ्कले उकालो लागेको छ । बैंकिङ पाँच दशमलव १७, व्यापार सात दशमलव ५१, होटल तथा पर्यटन छ दशमलव ६३, विकास बैंक १४ दशमलव २८, जलविद्युत् ३० दशमलव ६६, वित्त १७ दशमलव ४८, निर्जीवन बीमा ४६ दशमलव ८८, उत्पादन २३ दशमलव ८१, लघुवित्त ३० दशमलव २६, जीवन बीमा ५२ दशमलव ५५ र लगानी शून्य दशमलव ४१ अङ्कले ओरालो लागेको छ ।

नेप्सेका अनुसार सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ४३ अर्ब ६२ करोड १५ लाख ९२ हजार चार सय २४ बराबर भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु चार करोड सात लाख ५४ हजार सात सय ६३ बराबरको कारोबार भयो । रिडी हाइड्रोपावर रु दुई करोड ७९ लाख ५८ हजार, हिमालयन डिस्टिलरी रु दुई करोड ५६ लाख ७१ हजार चार सय ६३, अपि पावर कम्पनी रु दर्ई करोड २७ लाख ७९ हजार दुई सय ७७, नेपाल पुनरबीमा कम्पनी रु दुई करोड पाँच लाख ७५ हजार दुई सय ८३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार युनाइटेड इदी मर्दी हाइड्रोपावर चार दशमलव १७, सनराइज बैंकको ऋणपत्र दुई, बोटलर्स नेपाल तराई नेपाल एक दशमलव ९८, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो एक दशमलव ९८ र आर्दश लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले एक दशमलव ९८ प्रतिशतले कमाएका छन् ।

त्यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र नौ दशमलव ५८, सामुदायिक लघुवित्त पाँच दशमलव ८७, अप्पर हेवाखोला हाइड्रोपावर चार दशमलव १५, दोर्दी खोला जलविद्युत् कम्पनी चार दशमलव १४ र माउण्टेन इनर्जी नेपालका लगानीकर्ताले तीन दशमलव ७५ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ४ : ०४ बजे

निःशुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

काठमाडौं – सरकारले सञ्चालन गर्न लागेको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई)

वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बर्लिनमा

बर्लिन – रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तरराष्ट्रिय समर्थन

सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा कृषि, पशुपन्छी तथा जडीबुटी बिमा कार्यक्रमलाई

सङ्खुवासभा गोल्डकपः लोहरुङ र सेकाहा सेमिफाइनलमा

सङ्खुवासभा – सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाका लोहरुङ क्लब

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास

झापा – तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट