काठमाडौँ आइपुगे चिनियाँ जनकंग्रेसका सभामुख ली « Khabarhub

काठमाडौँ आइपुगे चिनियाँ जनकंग्रेसका सभामुख ली


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालको तीन दिने भ्रमणका लागि चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष (सभामुख) ली चान्सु नेपाल आइपुगेका छन् । उनी सोमबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । उनलाई विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटाले स्वागत गरेका छन् ।

सापकोटाको निमन्त्रणामा आएका अध्यक्ष लीले नेपालमा रहँदा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नेछन् । सोल्टी होटेलमा केही समय आराम गरेपछि उनी नेपाली समकक्षी सापकोटासँग भेटवार्ताका लागि ली संसद् भवन नयाँ बानेश्वर जानेछन् ।

सभामुखले लीको सम्मानमा सोमबार साँझ रात्रि भोजको आयोजना गरेका छन् । तर, राष्ट्रिय सभा सदस्य गणेशप्रसाद तिमिल्सिनाले भने रात्रि भोजमा सरिक नहुने जानकारी गराएका छन् । बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपालले तीन दिन शोक दिवस मनाइरहेकाले यस्तो बेला आयोजना गरिएको रात्रि भोजमा आफू सरिक नहुने उनले जनाउ दिएको स्रोतले बतायो ।

मंगलबार अध्यक्ष लीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नेछन् । उनले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि बुधबार बिहान संसद् भवनमा बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

बुधबार अपराह्न साढे ३ बजे अध्यक्ष ली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने छन् । सोही दिन उनी दक्षिण कोरियातर्फ लाग्ने भएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ४ : १३ बजे

पूरा भयो केपी ओलीसँग बालेनको बदला, उनकै क्षेत्रमा पुगेर साढे ४९ हजार मतले हराइदिए

काठमाडौं– बालेन्द्र साह काठमाडौं महानगरपालिकामा हुँदादेखि तत्कालीन प्रधानमन्त्री केपी शर्मा

पाल्पा–१ मा कडा प्रतिस्पर्धा, १६ हजार ५२१ मतसहित कांग्रेसका राना अग्रस्थानमा

पाल्पा– पाल्पा क्षेत्र नम्बर १ मा जारी मतगणनामा निकै कडा

डाक्टर तोसिमालाई फेरि अवसर

काठमाडौं- प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नम्बर–३ बाट डा. तोसिमा कार्की

जितपछि तोसिमाले भनिन्- अब सुखका दिन आउँछन्

काठमाडौं– ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा

काभ्रे-२ मा रास्वपाका भण्डारी विजयी

धुलिखेल– काभ्रेपलाञ्चोक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय