नवौँ राष्ट्रिय खेलकुद: नेपाल पुलिस क्लबकाे लगातार दोस्रो जित « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद: नेपाल पुलिस क्लबकाे लगातार दोस्रो जित


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नवौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । 

कीर्तिपुरस्थित टियु मैदानमा सोमबार लुम्बिनी प्रदेशलाई ७६ रनले हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको हो । पुलिसले दिएको २ सय ५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २८ रन बनायो । उसका लागि बसिर अहमदले अविजित ४६ रन तथा सौरभ खनालले २४ रन बनाए । दीपेन्द्र रावतले अविजित १३ रन तथा प्रज्ज्वल थापाले १० रन बनाए , पुलिसका लागि ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए । गुल्सन झाले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनायो ।  जितसँगै पुलिसको ३ खेलबाट ७ अंक भएको छ । समूह ’ए’ मा पुलिस शीर्ष स्थानमा रहेको छ । यता, लुम्बिनीको भने ३ खेलबाट २ अंक भएको छ । यस्तै सोमबार नै भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले

मधेश प्रदेशलाई ६ विकेटले हराएको छ ।  मधेशले दिएको १ सय ५ रनको लक्ष्यसहित जबाफी ब्याटिङ गरेको आर्मीले १८ ओभर १ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४ रन जोडेको थियो ।

त्यस्तै मलपानी क्रिकेट मैदान वर्षाको कारण खेल्न योग्य नभएपछि एपीएफ र बागमतीबीचको खेल तथा एनआरएनए र प्रदेश १ बीचको खेल भने रद्द भएको छ ।   गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडि नै आयोजना भइरहेको हो ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ५ : ३८ बजे

भारत र अमेरिकाबीच महत्त्वपूर्ण व्यापारिक सम्झौता : भारतले रुसबाट तेल आयात रोक्ने

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र

सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी

सर्लाही– जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नामबाट नागरिकता जारी

गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी– बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र

अनुगमनमा कैफियत देखिएपछि एक स्टोरलाई विभागको जरिवाना

काठमाडौं– नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा

तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल