काठमाडौँ– संघीय संसद्, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र ली झान्शुबीच शिष्टाचार भेट भएको छ।
सापकोटाको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली र सापकोटाबीच संघीय संसद् भवन नयाँ बानेश्वरको तिलिचो हलमा शिष्टाचार भेट भएको हो।
सभामुखले लीको सम्मानमा सोमबार साँझ रात्रि भोजको आयोजना समेत गरेका छन् ।
अध्यक्ष झान्शु आज दिउँसो ३ बजे नेपाल आइपुगेका हुन् ।
प्रतिक्रिया