नवौं राष्ट्रिय खेलकुदमा बुधबार दुई खेल हुँदै « Khabarhub

नवौं राष्ट्रिय खेलकुदमा बुधबार दुई खेल हुँदै


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार महिला क्रिकेट प्रतियोगिताका दुई खेल हुँदैछन्।

पोखरा क्रिकेट मैदानमा आज समूह ‘बी’ का दुई खेल हुन लागेका हुन्।

गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा प्रदेश नम्बर १ र विभागीय टोली नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन्।

दोस्रो खेल कर्णाली र लुम्बिनी प्रदेशबीच हुनेछ। प्रतियोगितामा सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा एपीएफ क्लब, मधेश, गण्डकी, सुदूरपश्चिम र बागमती प्रदेश छन् भने समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली, प्रदेश १ र लुम्बिनी प्रदेश रहेका छन्।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ६ : ५० बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर