विश्व इतिहासमा आज : गिनीको स्वतन्त्रतादेखि कोलम्बसको अमेरिका यात्रासम्म | Khabarhub Khabarhub

विश्व इतिहासमा आज : गिनीको स्वतन्त्रतादेखि कोलम्बसको अमेरिका यात्रासम्म


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

आज १२ अक्टोबर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः

गिनीको स्वतन्त्रता
सन् १९६८ मा अफ्रिकी मुलुक गिनीले स्वतन्त्रता पाएको थियो। गिनी सन् १७०० देखि स्पेनको अधिनमा थियो। तत्कालीन राष्ट्रपति फ्रान्सिस्को मासियस नुमाको नेतृत्वमा गिनी स्वतन्त्रत भएको थियो। सन् १९७२ मा नुमाले आफूलाई गिनीको आजीवन राष्ट्रपति घोषणा गरेका थिए।

सोभियत युनियनका तीन वैज्ञानिकको अन्तरिक्ष यात्रा
सन् १९६४ मा सोभियत अन्तरिक्ष यान भोस्कोद १ मा पहिलो पटक तीन जना वैज्ञानिकले अन्तरिक्षको यात्रा गरेका थिए। अन्तरिक्ष उडानमा पहिलो पटक उनीहरू तीनै जनाले ‘स्पेस सुट’ लगाएका थिएनन्।

निकिता ख्रुश्चेभद्वारा राष्ट्रसंघमा जुत्ता राखेर व्यंग्य
सन् १९६० मा राष्ट्रसंघको महासभाको बैठकको क्रममा सोभियत कम्युनिस्ट पार्टीका प्रथम सचिव निकिता ख्रुश्चेवलले जुत्ता खोलेर टेबुलमा राखेका थिए। एक फिलपिनी प्रतिनिधिमन्डलले पूर्वीयुरोपमा अभिव्यक्ति स्वतन्त्रताबारे गरेको टिप्प्णीको जवाफमा उनले जुत्ता फुकालेका थिए।

कोलम्बसले टेके नयाँ देशमा पाइला
स्पेनबाट तीन ओटा जहाजमा क्रिस्टोफर कोलम्बसको नेतृत्वको कारिन्दाहरूको एउटा अन्बेषक टोलीले सन् १४९२ मा अहिलेको बाहमासमा पाइला टेकेका थिए। कोलम्बसले अमेरिका पत्ता लगाएका थिए।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ६ : ५९ बजे

महत्वपूर्ण विधेययक पारित गर्न सदनसमक्ष प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीतिहरू कार्यान्वयनका लागि विचाराधीन

सुकुम्बासी समस्या, विपद् व्यवस्थापन, सडक पूर्वाधारमा सरकारको ध्यानाकर्षण : यस्ता छन् शून्य समयमा सांसदका कुरा

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठक सांसदहरूले भूमिहीन सुकुम्बासीको समस्या, विपद् व्यवस्थापन,

‘कुश्मामा रेल’ शैलीमा ओलीले गरे कर्णाली विकासको दाबी

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रचण्ड चाहिँ धरानमा लिम्बुवानको कार्यक्रममा व्यस्त

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन्

पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छः प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र