धेरै सोच्ने र महत्वाकांक्षी बन्दा ‘प्यानिक अट्याक’ हुन्छ | Khabarhub Khabarhub

धेरै सोच्ने र महत्वाकांक्षी बन्दा ‘प्यानिक अट्याक’ हुन्छ

‘प्यानिक अट्याकको उपचार छैन, व्यायाम र योगा गर्नुपर्छ’



काठमाडौँ – पछिल्लो समय व्यस्त जीवनशैलीले मानिसलाई दैनिक तनाव थपिरहेको छ । धेरै तनाव लिँदा विभिन्न खालका समस्या उत्पन्न भएका छन् । तनावका कारणले मानिसहरू धेरै ‘प्यानिक अट्याक’ अर्थात मानसिक आतंक एवं आक्रमणको सिकार बन्न पुगेका चिकित्सकहरू बताउँछन् । यसै विषयमा आधारित भएर खबरहबका लागि विना न्यौपानेले मनोविद् अनन्त केसीसँग गरेको कुराकानीको सम्पादित अंशः

प्यानिक अट्याकलाई हामीले कसरी बुझ्ने ?
यो एक प्रकारको मष्तिष्कमा हुने आक्रमण हो । यसमा एक्कासी डर आउने वा लाग्ने हुन्छ । यसका विभिन्न लक्षणहरू हुन्छन् ।

विभिन्न लक्षण भनेको कस्ता लक्षण हुन सक्छन् ?
प्यानिक अट्याक सबैलाई हुन्छ भन्ने हुँदैन। यो विशेष गरी १८ देखि २२ वर्ष उमेरसम्मकोलाई बढी हुन्छ । त्यसमा पनि महिलाहरूलाई बढी हुने हुन्छ । प्यानिक अट्याक हुँदा पहिला मर्छु कि जस्तो हुने, आफ्नो कन्ट्रोल नहुने, मुटुको धड्कन बढ्ने, चिट चिट पसिना आउँने हुन्छन् । यस्तै जिउ काम्न थाल्ने, सास छिटो छिटो हुने, शरीरमा चिसोपना हुने, पेट बाउँडिने, वान्ता हुने, छाती दुख्ने, टाउको दुख्ने रिगाटा लाग्ने भयो भने प्यानिक अट्याक हुन्छ । यो प्यानिक अट्याक बारम्बार भयो भने त्यसलाई हामी ‘प्यानिक डिसअर्डर’ भन्छौँ ।

के कारणले र कस्तो व्यक्तिलाई बारम्बार हुन्छ ?
यो पहिला त आफ्नो पूर्वजहरू कसैलाई भएको छ भने वंशाणुगत तरिकाले हुन्छ । धेरै तनाव भयो भने भविष्यको चिन्ता र विगतको चिन्ता लिँदा नकारात्मक कुराहरूको कल्पना गर्दा, दिमागको विभिन्न भागमा परिवर्तन हुँदा पनि हुन्छ ।

महिलाहरूमा धेरै देखिनुको कारण के हो त ?
महिलाहरुमा शारीरिक परिवर्तन पुरुषको भन्दा बढी हुन्छ । ब्रेन पनि पुरुषको भन्दा सानो हुन्छ । चिन्ता धेरै झेल्न सक्दैनन् । आमा बन्नु पर्ने हुँदा र धेरै चिन्ता गर्ने सानो कुरामा पनि चासो दिने हुँदा यो बढी हुन्छ । महिलाले पुरुषले जस्तो आफ्नो कुराहरू जो कोहीसँग खुलेर बोल्दैनन् र पनि यो समस्या आउँछ ।

यस्तो लक्षण देखिएर पनि घरमा नै बस्यो भने पछि कस्तो जोखिम आउँछ ?
यो सामान्य हैन । यो भयो भने मानिसहरु सिकिस्तै हुन्छन् । कोही हृदयाघात भएर ढल्छन् । यसको उपचार छैन । यसको लागि व्यायाम गर्ने योगा गर्ने मात्र हो । दौडधुप धेरै नगर्ने, धेरै डर र चिन्ता नलिने, गल्तीलाई धेरै लुकाउँदा पनि चिन्ता धेरै हुन्छ । सहरको जीवन शैली राम्रो खानपिन नहुँदा, दुर्घटनाबाट पनि यस्तो हुन्छ । जस्तो सानोमा दुर्घटना भएको छ भने पनि प्यानिक अट्याकको चान्स बढी हुन्छ ।

यो समस्या भएपछि के गर्ने ?
उपचार गर्नु पूर्व के हो त भनेर बुझ्ने, पहिला एक पटक प्यानिक अट्याक भयो भने पछि पनि हुन्छ कि भनेर चिन्ता लिने काम नगर्ने । त्यसको लागि मानसिक रूपमा सक्षम हुनु पर्यो । एन्जाईटी हुन नदिने, हाईरिक्स एन्जाइटी एकदम खतरा हुन्छ । घर छोड्न मन नलाग्ने, आत्महत्या गर्ने सोच आउने हुन्छ । जे व्यक्तिलाई प्यानिक अट्याक भएको छ भने उपचारमा गइहाल्ने, साथी भाइहरूसँग खुलेर कुरा गर्ने, दैनिक बिहान पसिना आउने गरी दौडिने, जुम्बा गर्ने, व्यायाम गर्ने, योगा गर्ने, नाच्ने, पसिना बगाउने आदि गर्नुपर्छ । यसरी पसिना बगाउँदा शरीरबाट मेलाटोनिन, सेरोटोनिन जस्ता हर्मन रिलिज हुन्छन् । यसको अन्य उपचार छैन । हामीले शरीरिक कुरामा नै ध्यान दिनु पर्दछ ।

यस्तो समस्या भएको व्यक्तिले खाना लगायत के–के कुरामा ध्यान दिने ?
अब मलाई यो हुन्छ कि भनेर सोच्नु हुँदैन । जीवनको डरले पनि यो समस्या हुन्छ । महिलाहरूमा डिर्भोसको कारणले पनि हुन्छ । यो सामान्य हो भनेर सोच्नु पर्दछ । सादा र राम्रो खाना खाने, ज्यादा कार्बोहाइड्रेट भएको खाना खाने, मिनिरल भएको खाना खाने । बिहान उठ्ने बित्तिकै पानी खाने, व्यायाम गर्ने १० देखि ११ बजेको बीचमा खाना खाने, बेलुकाको खाना गह्रौ नखाने, पानी बेला बेला खाने, स्याउ बिहान खाने, केरा बेलुका खाने, मेवाहरू खाने गर्नुपर्छ ।

यो समस्या नै नहोस् भनेर पहिला नै के–के कुरामा ध्यान दिने ?
ज्यादा महत्वाकांक्षी हुनु भएन । अहिले मानिसहरूलाई भाइरल हुने प्रचलन छ । त्यसमा यसले यस्तो गर्याे । मैले गरिन भनेर चिन्ता गर्ने । यसले पनि प्यानिक अट्याक हुन सक्छ । त्यसैले आफूलाई अरुसँग तुलना नगर्ने । धेरै आशावादी नहुने, ज्ञानमूलक पुस्तकहरू पढ्ने, राम्रो फिल्म हेर्ने । गीत सुन्ने । नराम्रा दुर्घटनाहरु नहेर्ने, मायामा धोका होला कि भन्ने चिन्ता गर्दा पनि प्यानिक अट्याक हुन्छ । त्यसैले सबै समस्यालाई सामान्य ठान्ने । आफूसँग जे छ त्यो राम्रो हो भन्ने सोच्ने, हामी बाँचेको छौ र पो समस्या छ भन्ने समस्यादेखि कहिले न आत्तिने, म राम्रो गर्न सक्छु भन्ने सोच्ने, सबैसँग हाँसेर बोल्ने, नराम्रो व्यवहार कसैलाई नगर्ने, पर्याप्त मात्रामा सुत्ने गर्नुपर्छ । सुत्नु अघि र उठेपछि केही राम्रो कुरा कापीको पानामा टिप्ने र त्यसलाई २८ दिनसम्म हेर्ने सकारात्मक सन्देश लिने । हाम्रो ब्रेन सेल्सलाई मर्न नदिने, त्यसको लागि प्रयाप्त मात्रामा व्यायाम गर्ने, योगा गर्न सकिन्छ ।
(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ७ : १८ बजे

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन