लमजुङमा दसैंमा १ सय ९४ वटा सवारी कारबाहीमा « Khabarhub

लमजुङमा दसैंमा १ सय ९४ वटा सवारी कारबाहीमा


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेपालीहरुको महान चाड दसैंको समयमा लमजुङमा करिव २ सय सवारी कारबाहीमा परेका छन्। फूलपातीको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म १ सय ९४ जटा सवारी कारबाहीमा परेका छन्।

सवारी कारबाहीबाट १ लाख २४ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले जनाएको छ। उक्त अवधीमा १९ वटा ट्रक/टिपर कारबाहीबाट ११ हजार ५०० रुपियाँ, ७ वटा बस कारबाहीबाट चार हजार, ५० वटा कारजिप कारबाहीबाट ३१ हजार राजस्व संकलन भएको छ।

९ वटा ट्याक्टर कारबाहीबाट ६ हजार, ९६ वटा मोटरसाइकल कारबाहीबाट ६४ हजार ५०० रुपियाँ, १३ वटा अन्य सवारी कारबाहीबाट ७ हजार रुपियाँ राजस्व संकलन भएको छ।

कार्यालयका अनुसार असोज १६ गते फूलपातीको दिन २५ वटा सवारी कारबाहीमा परेको छ। १६ हजार राजस्व संकलन भएको छ। असोज १७ गते २० वटा सवारी कारबाहीबाट १२ हजार ५०० रुपियाँ राजस्व संकलन भएको छ।

असोज १८ गते २७ वटा सवारी कारबाहीबाट १८ हजार, असोज १९ गते २५ वटा सवारी कारबाहीबाट १७ हजार रुपियाँ राजस्व संकलन भएको छ।

असोज २० गते २९ वटा सवारी कारबाहीबाट १८ हजार ५००, असोज २१ गते २४ सवारी कारबाहीबाट १६ हजार ५००, असोज २२ गते २१ सवारी कारबाहीबाट १२ हजार रुपियाँ, असोज २३ गते २३ वटा सवारी कारबाहीबाट १३ हजार ५०० रुपियाँ राजस्व संकलन भएको छ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ७ : २७ बजे

बजेट अभावले होम्ताङ–पिखुवा लिफ्ट आयोजना निर्माणमा ढिलाइ

भोजपुर– बर्सेनि न्यून बजेट विनियोजन हुँदा भोजपुरको होम्ताङ–पिखुवा लिफ्ट खानेपानी

एनआरएनए अमेरिकाको स्पष्टिकरण- मन्त्री गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन

काठमाडौं– गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए अमेरिका)

तेहरानसहित इरानका विभिन्न शहरमा उग्र प्रदर्शन

तेहरान– इरानको राजधानी तेहरानसहित देशका विभिन्न शहरमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी

श्रमदान गरेर चौतारी पुनर्निर्माण गरिँदै

पर्वत– पछिल्लो समय सडक विस्तार, बाँदर आतंक, धार्मिक आस्थामा कमीलगायतका

देवघाटमा झोलुङ्गे पुल मर्मत

नारायणगढ– माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पवित्र तीर्थस्थल देवघाटधाममा पुल