नाबालिक बलात्कार आरोपमा वडा अध्यक्षविरुद्ध जाहेरी « Khabarhub

नाबालिक बलात्कार आरोपमा वडा अध्यक्षविरुद्ध जाहेरी


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

बारा – निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)विरुद्ध एक नाबालिकलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। पीडितका तर्फबाट वडा अध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार ईलाका प्रहरी कार्यलय निजगढमा जाहेरी परेको हो।

श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लोख छ। दसैंको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन्। अध्यक्ष श्रेष्ठविरुद्ध उजुरी परेको प्रहरी स्रोतले पुष्टि ग¥यो।

‘अध्यक्ष श्रेष्ठविरुद्ध जबर्जस्ती करणीको आरोपमा पीडितका तर्फबाट उजुरी आएको छ, उजुरीमाथि प्रहरीले अनुसन्धान अघि बढाइसकेको र यस विषयमा अहिले बाहिर केही उल्लेख गर्न मिल्दैन,’ प्रहरी स्रोतले भन्यो।

तर, यो विषय प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरीका कुनै पनि अधिकारी औपचारिक रूपमा बोल्न मानेनन्। गत वैशाखमा भएको स्थानिए निर्वाचनमा श्रेष्ठ नेपाली कांग्रेस पार्टीबाट वडा अध्यक्षमा विजयी भएका थिए।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ७ : ५२ बजे

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.