देश/प्रदेश

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

By खबरहब

October 12, 2022

त्रिवेणी– पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी नवलपुरमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् । 

गए राति विनयीत्रिवेणी गाउँपालिका–२ ज्यामिरेमा भारतबाट ग्यास बोकेर काठमाडौँका लागि छुटेको  एनएलओएल-२४६० नंको ग्यास बुलेट आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसार उक्त दुर्घटनामा परी सहचालक भारत उत्तर प्रदेश निवासी १८ वर्षीय जयनारायण पालको मृत्यु भएको हो । 

अनियन्त्रित भएर पल्टिएको ग्यास बुलेटमा च्यापिएर उनको मृत्यु भएको हो । यस्तै चालक सोही ठाउँ निवासी ४२ वर्षीय अजयकुमार सिंह घाइते भएका छन् । उनको दुम्किबासमा उपचार भइरहेको छ ।