अवरुद्ध सिस्नेरी-दक्षिणकालिका सडकखण्ड सञ्चालनमा « Khabarhub

अवरुद्ध सिस्नेरी-दक्षिणकालिका सडकखण्ड सञ्चालनमा


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– पहिराका कारण तीन दिनदेखि अवरुद्ध मकवानपुरको सिस्नेरी–दक्षिणकालिका सडकखण्डमा आज बिहानैदखि यातायात पुनः सञ्चालनमा आएको छ । इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा आएको पहिराका कारण गत आइतबारदेखि अवरुद्ध भएको उक्त सडकखण्डमा यातायात सञ्चालनमा आएको हो । 

इलाका प्रहरी कार्यालय भीमफेदीमा कार्यरत प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार ठूलो पहिरो खसेका कारण यातायात सञ्चालनमा ल्याउन समय लागेको हो । पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने साना सवारीसाधन वैकल्पिक सडक प्रयोग गरेर सञ्चालन भइरहेको थियो । 

हाल त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, कान्तिलोकपथलगायत सबै स्थानबाट सवारिसाधन सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १० : ५० बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा