उम्मेदवारी मनोनयनसँगै चुनावी चहलपहल तीब्र « Khabarhub

उम्मेदवारी मनोनयनसँगै चुनावी चहलपहल तीब्र


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

राँझा– आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनसँगै बाँकेमा चुनावी चहलपहल सुरु भएको छ । राजनीतिक दलहरूले निर्वाचन क्षेत्रस्तरमै भेला, बैठक र चुनाव केन्द्रित गतिविधि सुरु गरेका छन् भने स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रचारमा हिँडेका छन् । 

तीन संघीय र छ प्रदेश निर्वाचन क्षेत्र रहेको बाँकेमा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरूले चुनाव केन्द्रित अभियानसहित गतिविधि गरिरहेका छन् । निर्वाचनलाई दृष्टिगत गरेर नेपाली कांग्रेसले पनि चुनावी योजना तयार गरेको जिल्ला सभापति नारायण गौडेलले बताए । उनले गठबन्धनमा सहभागी दलहरूसँगको समन्वयमा बैठक गरी चुनावी गतिविधि सञ्चालनको तयारी गरेको उल्लेख गरे ।

निर्वाचनलाई लक्षित गरेर नेकपा (एमाले) बाँकेले तीनवटै निर्वाचन क्षेत्रस्तरीय बैठक आयोजना गरी निर्वाचन परिचालन समिति गठन गरिसकेको पार्टी अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

उनका अनुसार, पार्टी अभियान र निर्वाचन लक्षित योजनासहित पार्टीका सबै तहलाई क्रियाशील बनाउन निर्देशन गरिएको छ । जनता समाजवादी पार्टीले निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिएको छ । बाँके क्षेत्र नं २ बाट उम्मेदवार बनेका उक्त पार्टीका केन्द्रीय सचिव एवम् भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राहीको उपस्थितिमै निर्वाचन केन्द्रित भेला, बैठक र प्रचारप्रसार भइरहेको जिल्ला सचिव राजेन्द्र विश्वकर्माले बताए  । 

जिल्लामा सत्ता साझेदार गठबन्धनबाट बाँके क्षेत्र नं १ मा माओवादीबाट युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, क्षेत्र नं २ मा कांग्रेसका सुदीपनरसिंह राणा र क्षेत्र नं ३ मा किशोरसिंह राठौर उम्मेदवार बनेका छन् । यसैगरी नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गठबन्धनबाट क्षेत्र नं १ मा एमालेका सूर्य ढकाल, क्षेत्र नं २ मा राप्रपाका डा धवलशम्शेर राणा र क्षेत्र नं ३ मा एमालेका किस्मतकुमार कक्षपति उम्मेदवार बनेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा तीन प्रतिनिधिसभा र छ प्रदेशसभा गरी नौ सिटका लागि राजनीतिक दल र स्वतन्त्र रुपमा गरी ९९ जनाले उम्मेदवारी मनोनयन गरेर चुनावी प्रचारप्रसारमा लागेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १२ : ४६ बजे

प्रचण्डले जितेको गोरखा २ बाट एमालेले चक्रे मिलनलाई अघि सार्‍यो

काठमाडौं- गोरखा क्षेत्र नं–२ बाट फागुन २१ गतेको प्रतिनिधि सभाको

पदमार्गले जोडिए व्यास र बन्दीपुरका घरबास

डुम्रे– पदमार्गले तनहुँका दुई पालिकाका घरबास (होमस्टे) जोडिएका छन् ।

मिर्गौला पीडितहरूद्वारा सहयोगको याचना

गलकोट– मिर्गौलामा समस्या देखिँदा मनिषा १७ वर्षकी थिइन् । उनी

सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश राउतसँग अलग्गै वार्ता

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार सर्वोच्च अदालत पुगेकी छन् ।

प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी

नारायणगढ– हालै प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको देवघाटमा यस वर्ष