जुम्लामा बाढीपहिरोबाट ज्यान गुमाउने १० पुगे, ८५ घर पूर्ण क्षति  « Khabarhub

जुम्लामा बाढीपहिरोबाट ज्यान गुमाउने १० पुगे, ८५ घर पूर्ण क्षति 


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा केही दिनदेखिको अविरल  वर्षाका कारण आएको बाढी पहिरोबाट धेरै ठूलो जनधनको क्षति पुगेको छ । बाढी पहिरोबाट विस्थापित घरपरिवारलाई  उद्धार तथा राहत वितरणका लागि बुधबार जिल्ला विपत व्यवस्थापन समितिको बैठक बसेको छ । विपत व्यवस्थापन समितिको बैठकमा हालसम्म जिल्लामा बाढीपहिरोबाट १० जनाले ज्यान गुमाएको, ८५ घर पूर्ण क्षति भएको र तीन परिवार राहतको पर्खाइमा रहेको प्रतिवेदन प्रस्तुत गरिएको थियो । 

जुम्लाका  प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार  कनकासुन्दरी-५ मा गणेश शाहीका पाँच जनाको परिवार, दुई छिमेकीसहित सात जनाको मृत्यु भएको थियो । यस्तै, कनकासुन्दरी गाउँपालिका-३ निवासी खड्क न्यौपानेको बाढीले बगाएर मृत्यु भएको छ ।

हिमागाउँपालिका-३ जोगिवाडामा बाढीले आमाछोरा बगाएकोमा आमाको शव भेटिएको प्रजिअ केसरीले जानकारी दिए । गुठिचौर गाउँपालिकाको मणिसाँघुमा घर भत्किदा डोल्पा घर भई जुम्ला सदरमुकाम आउँदै गरेकी एक महिलाको मृत्यु भएको छ । 

तथ्यांकअनुसार जिल्लामा ८५ घर पूर्ण क्षति, दुई सय घर आशिंक क्षति र एक सय घर उच्च जोखिममा रहेका छन् । कर्णाली राजमार्ग, नाग्म गमगढि राजमार्ग पहिरोले यातायात आगमन ६ दिन देखि बन्द भएका छन् । २० असोज बेलुकीबाट टेलिफोन र इन्टरनेट सेवा बन्द छ । भित्र्याउन लागेको मार्सीधानमा धेरै क्षति पुगेको छ भने सिमी, कोदो, मकैसहितका बालीमा क्षति पुगेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको समितिको बैठकले तत्काल गर्नुपर्ने काम र राहत व्यवस्थापन बारे निर्णय गरेको छ । जिल्ला समन्वय समिति, स्थानीय सरकार, राजनैतिक दल, स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुखहरू पत्रकार तथा नागरिक समाजको उपस्थितमा सम्पन्न बैठकमा तत्काल सडक सुचारु गर्न तथा आकस्मिक रेस्क्यु तथा राहतका लागि जिल्लाको सबै शक्ति प्रयोग गर्ने निर्णय गरेको छ ।

 बैठकले १९ असोज ०७९ देखिको अविरल वर्षाका कारण राजमार्गमा पहिरो आई बन्द भएकाले सुचारु गर्न सडक विभागमा सुचारु गर्न अनुरोध गर्ने, जिल्लाका आठ वटा स्थानीय तहमध्ये चन्दननाथ नगरपालिकाले चार लाख र हरेक गाउँपालिकाले दुई लाखका दरले जिल्ला विपत विपत व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने निर्णय गरेको छ । जिल्ला व्यवस्थापन समितिको कोष वृद्धिका लागि सर्वसाधारणलाई समेत अनुरोध गर्ने र कर्णाली राजमार्ग तथा सहायक बाटोहरू खुलाउन जिल्लाका सबै डोजर प्रयोग गर्ने निर्णय गरिएको छ ।

स्थानीय सरकारले विपत्‌मा पूर्ण रुपमा लागेर काम गर्ने प्रतिबद्धता जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले सबै तहले एकसाथ दुःखको घडीमा काम गर्नुपर्ने बताए । चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत, सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल र हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले स्थानीय तहको क्षतिको अवस्थाका विषयमा जानकारी गराएका थिए । 

तीन जनाको हवाई उद्धार
विपत्‌मा परेर घाईते भएका दुई जना र बिजुली बनाउँदा लडेर घाईते भएका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । कनकासुन्दरी गाउँपालिकामा घाईते भएका सरस्वती हमाल र रामबहादुर हमाललाई सुर्खेत लगेर उपचार गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ । 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १ : ४६ बजे

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको