‘संघमा पुगेर गण्डकी प्रदेशको अधुरा काम पूरा गर्छु’  « Khabarhub

‘संघमा पुगेर गण्डकी प्रदेशको अधुरा काम पूरा गर्छु’ 


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लमजुङ– एमाले उपमहासचिव प्रदेशका अधुरा काम पूरा गर्ने बताएका छन् । लमजुङमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गुरुङले आफू प्रदेशमा गएर पनि आफ्नै प्रस्तावमा देवप्रसाद गुरुङलाई संघमा पठाएकोमा अहिले उनी आफ्नैविरुद्ध आएको बताए । 

नेता गुरुङले सुख,दुःख, घामपानी, रातदिन, जित वा हार, उकालीओराली जुनसुकै अवस्थामा जनतासँग रहेको उल्लेख गरे । ६ पटक चुनाव लड्दा दुईपटक मात्र जितेको र नागरिकलाई खास सेवा गर्न पाएको समय ३४ महिना मात्र रहेको उनको भनाइ थियो ।

गण्डकी प्रदेशको मुख्यमन्त्री बन्दा आफ्नो क्षमता देखाएको बताउँदै उनले प्रदेशका चार लाख ७८ हजार घरधुरीमै घरघरमा धारा पुर्‍याउने काम सुरु गरेको दाबी गरे । संघ सरकारले पनि दुई वर्षपछि मात्र उक्त अभियान अवलम्बन गरेको उनको भनाइ थियो । पुनः मुख्यमन्त्री बनेर अधुरा काम गर्ने इच्छा भए पनि तल्लो तहमा लड्ने र काम गर्ने अन्य रहेको भन्दै पार्टी नेतृत्वले माथि आउनुपर्छ भनेपछि संघमा भिडेको उनले बताए । 

गण्डकी प्रदेशका ८५ पालिकाको केन्द्रमा ८ मिटरको फराकिलो कालोपत्रे सडक बनाउने अभियान थालेकोमा अहिले गठबन्धनको सरकारले अवरुद्ध पारेको उनले आरोप लगाए । आफूले लमजुङमा चार दशकभन्दा बढी समय राजनीतिमा सक्रिय रहेको भन्दै कांग्रेसको वर्चश्व रहेको लमजुङमा एमालेको झण्डा गाढ्न सफल भएकोसमेत बताए  । 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ५ : २० बजे

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान