‘संघमा पुगेर गण्डकी प्रदेशको अधुरा काम पूरा गर्छु’  « Khabarhub

‘संघमा पुगेर गण्डकी प्रदेशको अधुरा काम पूरा गर्छु’ 


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लमजुङ– एमाले उपमहासचिव प्रदेशका अधुरा काम पूरा गर्ने बताएका छन् । लमजुङमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गुरुङले आफू प्रदेशमा गएर पनि आफ्नै प्रस्तावमा देवप्रसाद गुरुङलाई संघमा पठाएकोमा अहिले उनी आफ्नैविरुद्ध आएको बताए । 

नेता गुरुङले सुख,दुःख, घामपानी, रातदिन, जित वा हार, उकालीओराली जुनसुकै अवस्थामा जनतासँग रहेको उल्लेख गरे । ६ पटक चुनाव लड्दा दुईपटक मात्र जितेको र नागरिकलाई खास सेवा गर्न पाएको समय ३४ महिना मात्र रहेको उनको भनाइ थियो ।

गण्डकी प्रदेशको मुख्यमन्त्री बन्दा आफ्नो क्षमता देखाएको बताउँदै उनले प्रदेशका चार लाख ७८ हजार घरधुरीमै घरघरमा धारा पुर्‍याउने काम सुरु गरेको दाबी गरे । संघ सरकारले पनि दुई वर्षपछि मात्र उक्त अभियान अवलम्बन गरेको उनको भनाइ थियो । पुनः मुख्यमन्त्री बनेर अधुरा काम गर्ने इच्छा भए पनि तल्लो तहमा लड्ने र काम गर्ने अन्य रहेको भन्दै पार्टी नेतृत्वले माथि आउनुपर्छ भनेपछि संघमा भिडेको उनले बताए । 

गण्डकी प्रदेशका ८५ पालिकाको केन्द्रमा ८ मिटरको फराकिलो कालोपत्रे सडक बनाउने अभियान थालेकोमा अहिले गठबन्धनको सरकारले अवरुद्ध पारेको उनले आरोप लगाए । आफूले लमजुङमा चार दशकभन्दा बढी समय राजनीतिमा सक्रिय रहेको भन्दै कांग्रेसको वर्चश्व रहेको लमजुङमा एमालेको झण्डा गाढ्न सफल भएकोसमेत बताए  । 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ५ : २० बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न