राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सच्याउन माग गर्दै आयोगमा पत्र « Khabarhub

राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सच्याउन माग गर्दै आयोगमा पत्र


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रूपन्देही क्षेत्र नं. २ का सत्तागठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सच्याउन माग गर्दै रूपन्देहीका गठबन्धन दलहरूले निर्वाचन अधिकृतको कार्यालयमा पत्र बुझाएको छ । आयोगले नियोजित रुपमा गुरुङको उम्मेदवारी खारेज गरेको भन्दै उनीहरूले निर्णय सच्याउन र निर्वाचन तालिका नै परिवर्तन गर्न आयोग समक्ष पत्र बुझाएको हो । 

गठबन्धनका दलहरूले निर्वाचन अधिकृत राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको निजी सचिवालयबाट काजमा आएकाले निर्वाचन स्वच्छ र निष्पक्ष हुन्छ भन्ने आशंका रहेको समेत जनाएको छ । उनीहरूले गुरुङको उम्मेदवारी खारेजी नसच्याए त्यसको परिणामको जिम्मा निर्वाचन अधिकृतले नै लिनुपर्ने चेतावनी पनि दिएका छन् ।

बैंकिङ कसुर देखाएर गुरुङको उम्मेदवारी खारेज गरिएको भएपनि कसुर देखाइएको कम्पनी राजु गुरुङको मात्र नभएर शेयर सदस्य मात्र भएको समाजवादीका नेताहरूले जनाएका छन् । गुरुङ शेयर सदस्य रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन रहेको अदालतले जानकारी गराएको छ । 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ५ : ५० बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ