एकै परिवारका तीन जनाको हत्या « Khabarhub

एकै परिवारका तीन जनाको हत्या


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको प्रसौनीमा एकै परिवारका तीन जनाको हत्या गरि फालेको अवस्थामा शव फेला परेको छ । प्रसौनी गाउँपालिका ५ प्रस्टोकास्थित खोला किनारमा आमा र दुई छोराछोरीको शव फेला परेको हो ।

प्रस्टोका गाउँदेखि करिब दुई किलोमिटर टाढा रहेको ढोरा खोलामा स्थानीय दीपेन्द्र चौधरीकी २५ वर्षीया श्रीमती सुजाता, तीन वर्षीया छोरी ताहिरा र १६ महिनाको छोरा राजविरको हत्या गरी फालेको अवस्थामा शव भेटिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरी उपरीक्षक बोगटीका अनुसार तीनै जनाको विभत्स हत्या गरिएको छ । प्रहरीले दीपेन्द्रलाई घाइते अवस्थामा फेला पारेको छ ।  उनलाई उपचारका लागि वीरगन्जस्थित एलएस न्युरो लगिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

प्रहरीले घटनामा दीपेन्द्रकै संलग्नता रहेको आशंका गरेको छ । श्रीमती र छोराछोरीको हत्या गरी भाग्ने क्रममा दीपेन्द्र घाइते भएको हुनसक्ने प्रहरी उपरीक्षक बोगटीको भनाई छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ६ : ०६ बजे

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने