कञ्चनपुरमा सात जनाले लिए उम्मेदवारी फिर्ता « Khabarhub

कञ्चनपुरमा सात जनाले लिए उम्मेदवारी फिर्ता


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेकामध्ये सात जनाले उम्मेदवारी फिर्ता लिएका छन् । बुधबार निर्धारित समयभित्र प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ ६ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर १ मा प्रदेशसभातर्फ १ (१) मा उम्मेदवारी दिएका स्थिरप्रसाद घिमिरेले फिर्ता लिएका छन् । उक्त क्षेत्रमा प्रतिनिधिसभामा १० र प्रदेशसभाको दुवै क्षेत्रमा ८र८ जना उम्मेदवार छन् ।

क्षेत्र नम्बर २ मा प्रदेशतर्फ २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश १ (१) बाट जीतबहादुर करियाकंग्रहवा र २ (२) बाट जोगराज भण्डारीले उम्मेदवारी फिर्ता लिएका हुन् । क्षेत्र नम्बर २ मा अब प्रतिनिधिसभामा १० र प्रदेशसभातर्फ दुवै क्षेत्रमा ९– ९ गरि १८ जनाको उम्मेदवारी रहेको छ ।

क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ ३ गरी ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधिसभामा सुनिलकुमार साउदले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रदेशसभामा ३ (१) बाट कर्ण्बहादुर चन्द, पदमबहादुर लुहार र रामबहादुर जप्रेलले उम्मेदवारी फिर्ता लिएका छन् ।

 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ७ : ३५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली