कालीकोटमा बाढीपहिरोले एक हजार पाँच सय घरमा क्षति « Khabarhub

कालीकोटमा बाढीपहिरोले एक हजार पाँच सय घरमा क्षति


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कालीकोट – कालीकोटमा बाढीपहिरोका कारण एक हजार पाँच सय घरमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न ठाउँमा बाढीपहिरोले जनधनमा ठूलो क्षति पु¥याएको छ ।

सयौँ घरपरिवारलाई विस्थापित बनाएको छ । जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा बाढीपहिरोले १२ घर भत्किएर पूर्णरूपमा क्षति भएको र १२ घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

दुई सय चार घरधुरी रहेको राँचुली गाउँमा माथिबाट आएको पहिरोले एक सय चार घरमा आंशिक क्षति पुगेको नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिए । असोज १९ गतेदेखि आएको वर्षाका कारण जोखिममा रहेका उक्त बस्तीका नागरिकलाई नजिकैको कालिका मावि विद्यालयमा सारिएको उनले बताए । पहिरोले नगरपालिकामा दुई सय ५० घरमा क्षति पुगेको उनको भनाइ छ ।

रास्कोट नगरपालिका–१ को न्यौपानेवाडा, वडा नं ३ को साकाटिया, वडा नं ९ को थोल्ममा पहिराले एक सय पाँच, खाँडाचक्र नगरपालिकाको विभिन्न ठाउँमा पहिरोले गर्दा दुई सय घरमा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

सान्नी त्रिवेणी गाउँपालिका–७ मा दुई वटा घर भत्किएर पूर्ण क्षति भएको र दुई सय घरको खलो, आँगनदेखि जमिनसमेत बगाएको गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए। उनका अनुसार पहिराले दुई सय घरमा क्षति पुगेको छ ।

पचालझरना गाउँपालिकामा दुई सय, पलाँता गाउँपालिकामा तीन सय ५०, शुभकालिका गाउँपालिकामा ५५, महावै गाउँपालिकामा ७० र नरहरिनाथ गाउँपालिकामा ५० घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ७ : ३९ बजे

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर