दक्षिण सुडानमा बाढीबाट नौ लाख प्रभावित « Khabarhub

दक्षिण सुडानमा बाढीबाट नौ लाख प्रभावित


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जुबा– दक्षिण सुडानमा बाढी पहिरोबाट नौ लाखभन्दा बढी व्यक्ति प्रभावित भएको पाइएको छ ।देशका २९ इलाका बाढी पहिरोबाट बढी प्रभावित भएको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । ती इलाकाहरू देशको अबेई प्रशासनिक क्षेत्रका रहेका छन् ।

संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको मानवीयता मामिला समन्वय कार्यालयले सार्वजनिक गरेको विवरणमा बाढीबाट प्रभावित भएकाहरुको अवस्था नाजुक रहेको उल्लेख गरिएको छ ।

‘बाढीले देशका विभिन्न ठाउँमा धेरै क्षति पु¥याएको छ, बाढीका कारण सडक, पुल, भत्किएका छन् भने नीजि निवास तथा विद्यालय भवनहरु क्षतिग्रस्त भएका छन्,’ प्रतिवेदनमा लेखिएको छ ।

बाढीले भौतिक संरचनाहरुमा क्षति पुर्याएपछि यातायात, विद्युत, सञ्चार, खानेपानी लगायतका आधारभूत सेवा पनि प्रभावित भएका छन् ।

युनिटी प्रदेशका रुब्कोना र बेन्तीयु सहरमा पानीको सतह बढेर ढुवान भएकाले थप समस्या उत्पन्न भएको अधिकारीहरुले जनाएका छन् ।

बाढीका कारण हजारौँ मानिस विस्थापित समेत भएका छन् भने उनीहरूलाई विभिन्न अस्थायी शिविरहरुमा स्थानान्तरण गरिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ८ : १९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको