तनहुँमा महिला उम्मेदवार चार प्रतिशत « Khabarhub

तनहुँमा महिला उम्मेदवार चार प्रतिशत


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ – आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा तनहुँमा कूल उम्मेदवारमध्ये चार प्रतिशत महिलाले मात्र उम्मेदवारी दर्ता गराएका छन् ।

तेत्तीस प्रतिशत महिलाको नाममा वकालत गर्ने मुख्य राजनीतिक दलले नै महिला उम्मेदवारीका लागि उपेक्षा भाव राखेको पाइएको छ । संविधानमा उल्लेख गरेअनुरुप महिला उम्मेदवारका लागि कुनै पनि राजनीतिक दलले स्थान दिएको नपाइएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्यमा २६ र प्रदेशसभा सदस्यमा ३६ गरी कूल ६२ उम्मेदवारले उम्मेदवारी दर्ता गरेकामा प्रदेशसभामा दुई र प्रतिनिधिसभामा एक महिलाले उम्मेदवारी दिएका छन् । प्रतिशतका हिसाबले निर्वाचनमा करिब चार प्रतिशत महिलाको सहभागिता देखिएको जिल्ला निर्वाचन अधिकृत ढकालले बताए । उनका अनुसार कूल ६२ उम्मेदवारमा कम्तीमा २० महिलाको उम्मेदवारी हुनुपर्ने थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ८ : ४१ बजे

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो