बैंकिङ कसुरका दोषी र लागुऔषध मुद्दाका आरोपी पक्राउ « Khabarhub

बैंकिङ कसुरका दोषी र लागुऔषध मुद्दाका आरोपी पक्राउ


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका र लागुऔषध मुद्दाका आरोपी दुई जनालाई आज फरकफरक स्थानबाट प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–११ गोंगबु बस्ने ३४ वर्षीय रोशन भण्डारीलाई आज प्रहरीले यहाँस्थित भण्डारी टोलबाट पक्राउ गरेको छ ।

उनी उच्च अदालत पाटनको गत असार १३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा चार दिन कैद र रु पाँच लाख ५० हजार जरिवाना तथा २२ हजार क्षतिपूर्ति भराउने आदेश भई फरार रहेका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरी आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाएको प्रहरीले जनाएको छ ।

यस्तै काठमाडौँ, चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट अवैध लागुऔषध हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम पाँच मिलिग्रामसहित कीर्तिपुर नगरपालिका–५ घर भएका ३१ वर्षीय इज्जित नापितलाई आज प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले चितवनबाट काठमाडौँ आउँदै गरेको ना ४५ प ९४५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार नापितले चुरोटको बट्टाभित्र लुकाइ ल्याएको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । नापितले नागढुङ्गाको सुरक्षा चौकी छल्नका लागि चन्द्रागिरि नगरपालिका–२ चिसापानी नजिकबाट उक्त मोटरसाइकलमा लिफ्ट मागी सवार रहेको खुल्न आएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ९ : २६ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख