बैंकिङ कसुरका दोषी र लागुऔषध मुद्दाका आरोपी पक्राउ | Khabarhub Khabarhub

बैंकिङ कसुरका दोषी र लागुऔषध मुद्दाका आरोपी पक्राउ


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका र लागुऔषध मुद्दाका आरोपी दुई जनालाई आज फरकफरक स्थानबाट प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–११ गोंगबु बस्ने ३४ वर्षीय रोशन भण्डारीलाई आज प्रहरीले यहाँस्थित भण्डारी टोलबाट पक्राउ गरेको छ ।

उनी उच्च अदालत पाटनको गत असार १३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा चार दिन कैद र रु पाँच लाख ५० हजार जरिवाना तथा २२ हजार क्षतिपूर्ति भराउने आदेश भई फरार रहेका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरी आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाएको प्रहरीले जनाएको छ ।

यस्तै काठमाडौँ, चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट अवैध लागुऔषध हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम पाँच मिलिग्रामसहित कीर्तिपुर नगरपालिका–५ घर भएका ३१ वर्षीय इज्जित नापितलाई आज प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले चितवनबाट काठमाडौँ आउँदै गरेको ना ४५ प ९४५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार नापितले चुरोटको बट्टाभित्र लुकाइ ल्याएको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । नापितले नागढुङ्गाको सुरक्षा चौकी छल्नका लागि चन्द्रागिरि नगरपालिका–२ चिसापानी नजिकबाट उक्त मोटरसाइकलमा लिफ्ट मागी सवार रहेको खुल्न आएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ९ : २६ बजे

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप

‘गाउँभन्दा शहरको गरिबी भयानक, जहाँ घर जोडिन्छ मन जोडिँदैन’

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालमाथि एउटा भाष्य बनेको छ– उनीसँग

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य

दाङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट

फणिराज पाठकले भने : पूर्वराजालाई नजरबन्द गरिएको समाचार झुठो हो

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द गरिएको समाचार