पाकिस्तानमा रेमिट्यान्स घट्यो « Khabarhub

पाकिस्तानमा रेमिट्यान्स घट्यो


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाढी पहिरोबाट अत्यधिक प्रभावित भएको पाकिस्तानमा रेमिट्यान्स घट्न थालेको छ । पाकिस्तानको केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणमा गत सेप्टेम्बर महिनामा पाकिस्तानमा रेमिट्यान्स घटेको देखिएको हो ।

गत महिना १०.५ प्रतिशतको दरले रेमिट्यान्स घटेको बैंकका उच्च अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । विभिन्न देशमा रहेका पाकिस्तानका नागरिकले गत महिना दुई अर्ब ४० करोड रेमिट्यान्स पठाएकोमा अघिल्लो महिना दुई अरब ७० करोड रेमिट्यान्स आएको थियो ।

सबैभन्दा धेरै साउदी अरबबाट रेमिट्यान्स आएको देखिएको छ भने दोस्रो धेरै संयुक्त अर्ब इमिरेट्स ९युएइ०बाट आएको पाइएको छ ।त्यसैगरी बेलायत, अमेरिकालगायतका अति विकसित देशहरूबाट रेमिट्यान्स रकम पठाउनेहरूको सङ्ख्या पनि धेरै रहेको छ ।

पाकिस्तानको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो भूमिका रहेको छ । पाकिस्तानमा रेमिट्यान्सलाई विदेशी मुद्रा आयातको मुख्य श्रोतका रूपमा लिइन्छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ९ : ३२ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल