पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्दै भगवतीमाईका स्थानीय « Khabarhub

पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्दै भगवतीमाईका स्थानीय


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा पर्ने बालतडा खोलामा पुल नबन्दा स्थानीय जनता जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पुल नहुँदा वर्षात्को समयमा काठको मुढा बिछ्याएर लाप्कोको सहायताले जनताले खोला तर्दै आएका छन् ।

भगवतीमाई गाउँपालिका–३ सान्तडा र ४ नं को मध्यपहाडी राजमार्गमा जोड्ने पुल नहुँदा वर्षायाममा विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको छ ।

पुलकै कारण सान्तडामा बनेको १५ श्यया अस्पताल कहिले सञ्चालन हुने भन्ने कुराकोसमेत अन्योल छ । १५ श्यया अस्पताल बनेको करिब चार वर्ष बितिसक्दा पनि खोलामा पुलको समस्याले गर्दा असहज यात्रा गर्नुका साथै अस्पताल सञ्चालन गर्न नसकिएको भगवतीमाई गाउँपालिका अध्यक्ष गणेश थापाले बताए ।

भगवतीमाई गाउँपालिकाको मुख्य बजार बेस्तडा आउने खोलामा पुल नहुँदा वर्षौंदेखि दुःख खेप्दै आएका स्थानीयवासीले मध्यपहाडी राजमार्गको रुम खोलामा बनेको पुलबाट सहज यात्रा गर्ने अपेक्षामा बसेको भए पनि मध्यपहाडी राजमार्गले रुम र मन्घर जोड्ने पुल बनाइदिएपछि मन्धर सान्तडा जोड्ने पुल नहुँदा स्थानीयले झनै जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको भगवतीमाई गाउँपालिका–४ तुर्सुका बासिन्दा बताउँछन् ।

जाजरकोटको जुनिचाँदे गाउँपालिकासम्म छोटो बाटो प्रयोग गर्ने खोलामा पुल नहुँदा जोखिम मोलेरै यात्रा गरिरहेका छन् । खोलाका कारण अस्पताल सञ्चालन नभएपछि कतिपय जनताले रोग पालेरै गाउँमा बस्नुपर्ने र कतिपयले जोखिम यात्रामा करिब दुई घण्टा पैदल हिँडेर बेस्तडा बजारमा गाडी भेट्नुपर्ने बाध्यता त्यहाँका बासिन्दाको छ ।

कहिलेकाहीँ लामो बाटो हिँड्दै आउँदा गाडी नै छुटेर पुनः घर फर्किनुपर्ने बाध्यता हुने भगवतीमाई गाउँपालिका– ३ का कर्णवीर विकले बताए। तुर्सुदेखि बेस्तडासम्म जाने विद्यार्थी, शिक्षक, दैनिक आश्यकताका सामान किन्न जाने जनता बढी समस्यामा हुने गरेको शिक्षक भरत केसीको भनाइ छ । केसी बेस्तडाबाट दैनिक भगवती माध्यमिक विद्यालयमा जानुपर्ने हुन्छ कहिलेकाहीँ खोला कारण विद्यालयमा ढिला पुग्ने गरेकोसमेत बताउँछन् ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ९ : ५१ बजे

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको

अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका-२ स्थित

सभामुख अर्याल र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र

‘अर्नब’ चक्रवातको जोखिमबारे विपद् प्रतिकार्य कमाण्ड पोष्टको बैठक

काठमाडौं– बंगालको खाडीमा विकसित भएको ‘अर्नब’ चक्रवातको पछिल्लो अवस्था, यसबाट