वाणिज्य कार्यालय विराटनगरद्वारा बजार अनुगमन « Khabarhub

वाणिज्य कार्यालय विराटनगरद्वारा बजार अनुगमन


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मोरङ– चामलमा मिसावटसम्बन्धी गुनासो आएपछि वाणिज्य कार्यालय विराटनगरले आज उद्योग एवं बजारको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा महँगो चामलमा सस्तो चामल मिसाएको गुनासो आएपछि वाणिज्य कार्यालय विराटनगरले बजार अनुगमन सुरु गरेको हो ।

वाणिज्य कार्यालयको नेतृत्वमा आज गएको एक टोलीले महँगो जिरामसिनो चामलमा सस्तो सोना मन्सुली चामल मिसाएर बेच्ने गरेको गुनासोका आधारमा मोरङको कटहरीस्थित बोहरा चामल उद्योगले उत्पादन गरेको तण्डुल ब्राण्डको स्टिम्ड जिरा मसिनो चामल परीक्षणका लागि नमूना सङ्कलन गरेको छ । जिरा मसिनो चामलको मूल्य प्रतिकिलो रु ८० पर्दछ भने सोना मन्सुली चामलको मूल्य प्रतिकिलो रु ५३ रहेको छ ।

अनुगमन टोलीले उक्त उद्योगबाट उत्पादित सूर्य, धनुष, सूर्य भोग, करमानी ब्राण्डका जिरामसिनो चामलको मूल्यमा प्रतिकिलो रु १० सम्म फरक पाइएपछि नमूना सङ्कलन गरिएको र मिसावट गरिएको पाइएमा वाणिज्य ऐनअनुसार कारवाही गरिने कार्यालयका निमित्त प्रमुख कमलदेव यादवले बताए ।

यसैगरी टोलीले विराटनगरको गुद्री बजारस्थित ट्वीन्स ट्रेडर्समा अनुगमनका क्रममा भारतीय उत्पादन धनलक्ष्मी ब्राण्डको ३५ बोरा जिरामसिनो चामल फेला पारेको छ । उक्त चालमको खरिद बीलविजकसमेत उपलब्ध गराउन नसकेपछि रु २० हजार जरिवाना गरेको छ । बरामद गरिएको ३५ बोरा चामल बिक्रीमा रोक लगाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ११ : ०६ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड