दाङमा निर्वाचनलाई पाँच हजार सुरक्षाकर्मी « Khabarhub

दाङमा निर्वाचनलाई पाँच हजार सुरक्षाकर्मी


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्वाचन सुरक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचनमा तीन हजार पाँच सय नेपाल प्रहरी, एक हजार नौ सय म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको बताए।

उनले यहाँका २० मतदानस्थल अतिसंवेदनशील, एक सय २२ सम्वेदनशील र ११ सामान्य रुपमा वर्गीकरण गरी सोही अनुरुपको सुरक्षा प्रबन्ध मिलाइएको बताए। निर्वाचन सुरक्षा समन्वय समिति दाङका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार जिल्लाका ग्रामीण बस्तीका मतदानस्थल अतिसंवेदनशील छन्। बबई, राप्ती, बङ्गलाचुली र राजपुर गाउँपालिकामा रहेका मतदानस्थल अतिसंवेदनशील मानिएका हुन्। निर्वाचनमा राष्ट्रिय अनुसन्धानका कर्मचारीलाई पनि परिचालन गरिएको छ।

निर्वाचनका लागि तीन तहको सुरक्षा व्यवस्था गरिएको छ। जिल्लाका सबै ठाउँमा रहेका मतदानस्थलमा प्रभावकारी सुरक्षा व्यवस्था गरिएको छ। प्रजिअ रेग्मीले निर्वाचन सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त पारिएको र मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुने सुरक्षा प्रबन्ध गरेको बताए।

दाङमा निर्वाचनका लागि तीन हजार आठ सय बढी कर्मचारी खटिएका छन्। लुम्बिनी प्रदेश निर्वाचन अधिकारी नारायण प्रसाद भण्डारीका अनुसार दाङका एक सय ५३ वटै मतदानस्थल तथा चार सय ६५ मतदान केन्द्रमा कर्मचारी खटाईएको हो। प्रत्येक मतदान केन्द्रमा ८ जना कर्मचारी खटाईएको छ। तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा मतगणना सोही निर्वाचन क्षेत्रमै हुने भएको छ। दाङ क्षेत्र नं. १ को लमही नगरपालिकाको हलमा, क्षेत्र नं. २ को जिल्ला समन्वय समिति घोराहीको हलमा र क्षेत्र नं ३ को राप्ती बबई क्याम्पसमा हुने भएको निर्वाचन अधिकारी भण्डारीले बताए।

दाङमा सबै निर्वाचनका सामग्री पनि आइपुगेका छन्। एकहप्ता अघि नै मतपेटिका, मतपत्र, स्वस्तिक छापलगायत सबै सामग्री आइपुगेका हुन्। यसैबीच निर्वाचनमा खटिएका मतदान अधिकृत सहायक मतदान अधिकृत र अन्य कर्मचारीलाई निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी एकदिने प्रशिक्षण सुरु भएको छ।

मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीका अनुसार जिल्लाका तीन निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै प्रशिक्षण सुरु गरिएको हो। शुक्रबार दाङ निर्वाचन क्षेत्र नं १ को लमहीमा प्रशिक्षण सम्पन्न भएको छ। आज निर्वाचन क्षेत्र नं २ को घोराहीमा र आइतबार निर्वाचन क्षेत्र नं ३ को तुलसीपुरमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको प्रशिक्षणको व्यवस्था तय गरिएको छ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १० : ५९ बजे

बाढीपहिरोले आठ राजमार्ग अवरुद्ध

काठमाडौं– मुलुकको विभिन्न स्थानमा अविरल वर्षासँगै बाढीपहिराका कारण आठवटा राजमार्ग

सरकारले भन्यो : मिडियाका कार्यालयमा गाडी तेर्स्याउने समूह खोज्दैछौँ, पत्ता लगाएर कारबाही हुन्छ

काठमाडौं- सरकारले सोमबार विभिन्न सञ्चारमाध्यमहरूका कार्यालयमा त्रास फैल्याउने गरी शंकास्पद

मिटरब्याजसम्बन्धी आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं–  सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विगतका विभिन्न आयोगहरूको प्रतिवेदन

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत फिर्ता सुरु

काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच वटा

रास्वपा सांसद न्यौपानेको प्रश्न- ३५ वर्षको समस्या ३५ दिनमै कसरी हल हुन्छ ?

विगतमा उत्तरदायी र पारदर्शी राजनीति हुनुपर्छ भनेर सडकबाट आवाज उठाउने