सोमाली सेनाको कारवाहीमा १२ लडाकु मारिए « Khabarhub

सोमाली सेनाको कारवाहीमा १२ लडाकु मारिए


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक सोमालियाको सेनाले मुलुकको मध्य क्षेत्रमा गरेको कारवाहीमा १२ लडाकु मारिएका छन् । शुक्रबार मध्य सोमालियाको हिरान क्षेत्रमा सेनाले गरेको प्रत्याक्रमणमा इस्लामिक लडाकु समूह अल–शबाबका १२ जना लडाकु मारिएका हुन् ।

सोमाली रक्षा मन्त्रालयका प्रवक्ता अब्दुल्लाही अली अनोदका अनुसार हिरान क्षेत्रको बुर्दार भन्ने स्थानमा रहेको सैन्य शिविरमा आतङ्ककारीहरूले आक्रमण गर्नेबारे सेनाले पूर्वसूचना प्राप्त गरेको थियो । सोही आक्रमणलाई विफल बनाउन लडाकुविरुद्ध प्रत्याक्रमण गरिएको जनाइएको छ ।

बुर्दार क्षेत्रमा आक्रमणको क्रममा घाइते भएका तीन जना सैनिकहरूलाई अस्पतालमा भर्ना गरिएको प्रवक्ता अलीले सोमालियाको राष्ट्रिय समाचार संस्थालाई जानकारी दिएका छन् । हाल त्यस क्षेत्रमा आक्रमणकारीहरूको खोजी गर्नका लागि सेनाले ठूलो अभियान चलाइरहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ४ : १९ बजे

मनिष झाले गरे मतदान

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा क्षेत्र नं. ३ का

६५ प्रतिशत मत खस्ने आयोगको अनुमान

काठमाडौँ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण

पूर्वराष्ट्रपति भण्डारीद्वारा मतदान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन

यो निर्वाचनले देश सञ्चालनको मार्गचित्र बनाउँछ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर

पाल्पामा शान्तिपूर्ण मतदान (तस्बिरहरू)

काठमाडौं– पाल्पा जिल्लामा आज प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान