मकवानपुरका मतदान अधिकृतलाई तालिम | Khabarhub Khabarhub

मकवानपुरका मतदान अधिकृतलाई तालिम


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत मकवानपुरमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आजदेखि तालिम दिन थालिएको छ । दुईदिने सो तालिममा आठ सय जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई सहभागी गराइएको छ ।

जिल्लामा एकसय ६५ वटा मतदानस्थल रहेको र तीन सय ७४ वटा मतदान मतदान केन्द्र रहेको र त्यसका लागि सात सय ७८ जना तथा थप अरु १० प्रतिशत कर्मचारी गरी आठ सय कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ । सो तालिममा निर्वाचन अधिकृतहरूले गर्नुपर्ने काम, मतदान गर्ने तरिका, मतपेटिका सिल गर्ने, भीड नियन्त्रण गर्ने, मसी लगाउने, नाम रुजु गर्ने र मत दोह¥याएर हाल्नका लागि आउनबाट सचेत रहने उपायलगायत विषयमा प्रशिक्षित गरिने मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताए।

तालिमपछि कात्तिक २८ र २९ गते मतदानका लागि चाहिने आवश्यक सामग्री हस्तान्तरण गरी कर्मचारीलाई सम्बन्धित मतदान केन्द्रमा पठाइने उनले बताए । मुख्य निर्वाचन अधिकृत निरौलाले निर्वाचन निष्पक्ष एवं स्वतन्त्ररुपमा हुने भएकाले निर्वाचन गर्न सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ८ : २४ बजे

विचित्रको दृश्य : मन्त्री पदमै छन् तर झण्डावाला गाडी छैन, कहाँ बस्ने चिन्ताले संसद् जाँदैनन्

काठमाडौं- संघीय सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिएसँगै

नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन् : सभापति देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी लोकतान्त्रिक

वनपैदावारको आयस्रोत खोइ ?

जैविक रूपमा धनी देशहरू मध्ये नेपाल एक हो । ४५

मुख्यमन्त्री कार्कीद्वारा रङ्गशाला सञ्चालनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भद्रपुर नगरपालिका-८ स्थित नवनिर्मित मेची क्रिक्रेट रङ्गशाला सञ्चालन