कम्युनिष्ट पार्टीको पुनःएकीकरणका क्रम जारी छ : बेदुराम भुसाल « Khabarhub

कम्युनिष्ट पार्टीको पुनःएकीकरणका क्रम जारी छ : बेदुराम भुसाल


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का महासचिव डा बेदुराम भुसालले समाजवादलाई अबको राजनीतिक कार्यदिशा बनाउने पार्टीसँग विभिन्न ढङ्गले कार्यगत एकता भइरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा महासचिव भुसालले सिङ्गो राजनीतिक प्रणाली नै ध्वस्त गर्न चाहनेहरूका विरुद्ध आफूहरूले विद्रोह गरी प्राप्त उपलब्धिको रक्षाका लागि भूमिका निर्वाह गरेको बताउँदै कम्युनिष्ट पार्टीको पुनःएकीकरणका लागि समान विचार बोक्ने दलसँग सहकार्य तथा एकताको क्रम चलिरहेको बताए ।

उनले तत्कालीन समयमा प्राप्त उपलब्धि रक्षाका लागि पार्टीभन्दा देश, जनता र जनताले ल्याएको परिवर्तन ठूलो भएको आफूहरुको विश्लेषणपछि विद्रोह गरेको बताए । ।

राजनीतिक अधिकारसहित आर्थिक सामाजिक सांस्कृतिक अधिकार र समानतासहितको स्वतन्त्रता अहिलेको आवश्यकता भएको भन्दै महासचिव भुसालले राजनीतिक हिसाबले सामन्तवादको अन्त्य भए पनि सामाजिक सांस्कृतिक दृष्टिकोणबाट हेर्दा अझै पनि देशमा जातीय वर्गीय भाषिक सामाजिक विभेद विद्यमान भएकाले त्यसविरुद्ध अभियानको खाँचो औँल्याए ।

कार्यक्रममा कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी (समाजवादी) का केही पदाधिकारी, पार्टीका स्थायी कमिटी सदस्यसहितका नेताहरु एकीकृत समाजवादीमा समाहित भएका छन् । पार्टीमा समाहित हुने नेताहरुलार्ई महासचिव भुसालले टीका र खादा लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ९ : १८ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक