विकास निर्माण कार्य पूरा गर्न विजय सुनिश्चित: ज्ञानेन्द्रबहादुर कार्की « Khabarhub

विकास निर्माण कार्य पूरा गर्न विजय सुनिश्चित: ज्ञानेन्द्रबहादुर कार्की


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मोरङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सुनसरी निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले निर्माणाधीन विकासका कार्यलाई पूरा गर्न जनताले आफ्नो विजयी सुनिश्चित गराएको बताएका छन् । सुनसरीको हरिनगरा गाउँपालिका–५ वसन्तपुरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विकासका पूर्वाधार निर्माण कार्यलाई पूरा गर्न चुनावी जनलहर आफ्नो पक्षमा रहेको दाबी गरे।

मन्त्री कार्कीले यस क्षेत्रमा शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधार निर्माणमा उल्लेखनीय काम गरेको जानकारी दिए । उनले विगत पाँच वर्षको अवधिमा यस क्षेत्रमा सुरु गरेको कतिपय विकास निर्माण तथा पूर्वाधारका योजनालाई पूर्णता दिन पनि यस क्षेत्रबाट पुनः उम्मदवारी दिएको प्रष्ट पारे ।

संविधानको रक्षा, सबै जातीय समुदायको हकअधिकार स्थापना गरी मुलुकको समृद्धिका लागि निर्वाचनमा गठबन्धन दललाई विजयी गराउन उनले आग्रह गरे । मन्त्री कार्कीले कृषकलाई आफ्नो उत्पादन वृद्धि गर्न सहजरुपले मलखाद, बीउबिजनको व्यवस्था गर्ने प्रतिबद्ध व्यक्त गरे ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ९ : ४६ बजे

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी

प्रादेशिक अस्पतालबाट शव साटिएको घटना छानबिन गर्न समिति गठन

काठमाडौँ- यहाँको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का

विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने