समाचार

धादिङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

By खबरहब

November 12, 2022

काठमाडौं – धादिङको ज्वालामुखी गाउँपालिका ४ टारीमा बोलेरो दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

टारीबाट अर्याल गाँउतर्फ जाँदै गरेको ग१ज ५५८० नम्बरको धान, पराल बोकेको बोलेरो ज्वालामुखी गाउँपालिका ४ टारीस्थित भित्रि सडकखण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ज्वालामुखी ४ का ३५ वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको छ । भने बोलेरो चालकसहित अन्य ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा ज्वालामुखी ४ अर्याल गाउँका बोलेरो चालक २० वर्षीय समिर गदेल, सोही स्थानका ३१ वर्षीय प्रकाश अर्याल, ३८ वर्षीय सोमबहादुर दुवाडी, ४२ वर्षीय रामबहादुर बिक, ५२ वर्षीय किसन बिक र १५ वर्षका प्रितम गदेल रहेका छन् ।