बच्चा स्कुलमा भर्ना गर्नुअघि आँखा जाँच गर्नुपर्छ | Khabarhub Khabarhub

बच्चा स्कुलमा भर्ना गर्नुअघि आँखा जाँच गर्नुपर्छ



काठमाडौँ – आजको युग डिजिटल युग हो । डिजिटल युगसँगै दिनदिनै नयाँ नयाँ प्रविधिहरू विकसित भइरहेका छन् । मोबाइल, कम्प्युटर, ल्यापटप, टेलिभिजन, ट्याब्लेट आदि, इन्टरनेटको बढ्दो विकाससँगै यसको प्रयोग पनि दिनानुदिन गाउँ या सहर दुबैमा बढ्दो छ । अहिले प्रविधिको विकाससँगै विकृति र विनाश पनि बढिरहेको छ । अभिभावकहरूले आफ्नो व्यस्तताको कारणले साना–साना बालबालिकाको हातमा मोबाइल वा ल्यापटप दिने गरेका हुन्छन् भने कतिपय अभिभावक एकातिर बच्चाहरूलाई यस्ता सामग्री दिएर अर्कोतिर घण्टौँसम्म सामाजिक सञ्जालमा व्यस्त हुने गरेको पाइन्छ । यसले गर्दा बालबालिकामा समस्या दिन प्रतिदिन बढेको छ । यसै विषयमा आधारित रहेर वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर इन्दुप्रसाद ढुङ्गेलसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

बालबालिकालाई धेरै मोबाइल, ल्यापटप दिँदा त्यसले कस्तो असर गर्दछ ?
पछिल्लो तीन वर्षमा कोभिडको कारण केही समय स्कुलहरू बन्द भए त्यो बेला बालबालिकाहरू धेरै मोबाइल फोन चलाउन थाले। त्यसबीचमा अनलाइन क्लास सञ्चालन भए त्यसले गर्दा बालबालिकाहरू धेरै इलेक्ट्रोनिक डिभाइस चलाउन थाले । त्यो भन्दा अगाडि पनि बालबालिकाहरू मोबाइल फोन हेर्दा आँखा बिग्रिएको छ । हाल आँखा अस्पतालमा धेरै यस्तो समस्या लिएर आएका छन् । पहिला हामीले बच्चाहरूको स्कुल जानु भन्दा अगाडि आँखा जाँच गराउनु पर्दछ । बच्चाहरूमा आँखा पहिचान गर्नु भन्दा अगाडि दृष्टि देख्ने शक्ति कम छ र त्यो हुँदा हुँदै अनलाइन क्लास लिइयो भने त्यसले झन् असर गर्दछ । त्यसैले स्कुल जानु भन्दा अगाडि वा अनलाइन क्लास लिनु भन्दा अगाडि बच्चाहरूको आँखाको परीक्षण गर्नु पर्दछ । सामान्य भएर चस्मा लगाउँदा ठिक हुन्छ भने लगाउँदा ठिक हुन्छ । धेरै बेर सम्म बिहान देखि बेलुका सम्म अनलाइन बस्यो भने बच्चाको आँखा रातो हुने, माड्ने हुन्छ । धेरै समय यस्तो भयो भने आँखा बाङ्गो वा टेढो जस्तो देखिने हुन्छ ।

सबै बालबालिकामा यस्तो लक्षण देखिने हो ?
प्राय बच्चाहरूमा यस्तै हुन्छ । त्यसको लागि बच्चाहरूको आँखामा भिजन चेक गरेर मोबाइल कम्प्युटर धेरै प्रयोग गर्ने बच्चाहरूलाई चस्मा लगाइदिनु पर्दछ । बालबालिकाको आँखाको हेरचाहको लागि अभिभावकले आफै जानेर ध्यान दिनु पर्दछ । बालबालिकाहरूलाई बाहिर तिर घुमाउने धेरै कोठामा मात्र मोबाइल फोनको नजिक बस्न दिनु हुँदैन ।

समयमा नै उपचार भएन भने पछि कस्तो जोखिम निम्तिन्छ ?
बच्चाहरूको आँखा जहिले पनि जाँच गर्नु पर्दछ । नर्सरी क्लासमा पढ्दा देखि नै आँखाको भिजन चेक गर्नु पर्दछ । प्रत्येक वर्ष मिलाएर बच्चाहरूको आँखा जाँच गर्नु पर्दछ । कति पय बच्चाको आँखा चिलायो र रातो भयो भने पढ्न ध्यान दिँदैन र त्यहि आँखा धेरै चलाएर बस्छ । त्यसको समयमा उपचार गराइएन त्यस्तै छोड्यो भने पछि गएर बच्चाको आँखा नै बाङ्गो हुन सक्छ । त्यसैले ५ देखि १५ वर्षको बच्चाहरूको प्रत्येक वर्ष भिजन जाँच गर्नु पर्दछ ।

साना पढ्न नसक्ने बच्चाले मोबाइल हेर्दा कस्तो असर गर्दछ त ?
यसमा अभिभावकको गल्ती हो । त्यसैले अभिभावक आफै यो कुरामा जानेर दिनुहुँदैन । टिभी हेर्दैमा आँखा बिग्रिने अन्धो नै हुने भन्ने हुँदैन । यो समस्या सानोमा मात्र हेर्ने भन्ने हैन यो समस्या ठुलोमा पनि हुन्छ । बच्चाहरूको हकमा दैनिक आँखा रातो हुने माड्ने, आँसु आउने हुन्छ । पछि गएर १२ देखि १५ वर्ष पछि पनि उपचार भएन भने आँखाको जुन भिजन लस्ट भएको हुन्छ, त्यो फेरी रिपियर्ड हुँदैन ।

धेरै कम्प्युटर चलाएर बस्ने ठुलो मान्छेहरूमा कस्तो असर गर्छ त ?
आधा घण्टा काम गर्दा धेरै असर गर्दैन तर धेरै समय दिन भएर नै काम गर्ने मान्छेहरूमा कम्प्युटर कति अग्लोमा कति टाढा राख्ने थाहा नै हुँदैन । त्यसले गर्दा आँखा दुखेको जस्तो हुने,रातो हुने, निन्याउरो हुने हुन्छ । त्यसको लागि एक चोटि आँखाको भिजन चेक गर्ने, कम्प्युटर कति हाइटमा राख्ने, लाइटकहाँ राख्ने त्यो ध्यान दिनु पर्दछ । प्रत्येक २० मिनेट काम गर्दा आ २० सेकेन्ड जति टाढा हेर्ने । बिच बिचमा आराम गर्ने, पानी खाने ।आँखा ड्राइ छ भने औषधिहरू गर्दा हुन्छ ।कम्प्युटर चलाउँदा चस्माहरूको प्रयोग गर्दा हुन्छ ।

आँखामा कुनै समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने त ?
धेरै आँखामा समस्या आउँदै आउँदैन । त्यसमा हामीले कुन उमेरको हो त बच्चाहरू हो भने रुटिन भिजन चेक गर्नु पर्दछ । चोट पटक लाग्नबाट बच्नु पर्दछ । ४५ वर्ष भन्दा माथि हो भने बर्सेनि आँखा जाँच गर्नु पर्दछ । हरियो साग सब्जी खाने,बाहिर तिर हिँड्ने कोठामा मात्र नबस्ने धेरै कोठामा बस्दा बच्चाहरूलाई मोयोडिया धेरै हुन सक्छ । धूम्रपान,मद्यपान सेवन नगर्ने यसो गर्दा आँखामा समस्या हुँदैन ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ७ : १७ बजे

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित