अफगानिस्तानमा आगो दन्काउँदै महिला जागरण | Khabarhub Khabarhub

अफगानिस्तानमा आगो दन्काउँदै महिला जागरण

तालिवानको प्रतिबन्ध र आन्दोलन दबाउने रणनीतिविरुद्ध कठोर कदम


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

‘मेरो कलम चराको पखेटा जस्तै हो । यसले त्यस्तो कुरा भनिरहेको हुन्छ, जुन कुरा सोच्न समेत हामीलाई मन्जुरी छैन, हामीसँग त्यस्ता केही सपना छन्, जुन हामीलाई देख्न समेत मन्जुरी दिइएको छैन’ अहिले यस्तै शब्द लेखिएका ब्यानरसहित अफगान महिलाको आवाज काबुलको सहरमा उठ्न थालेका छन् ।

उनीहरूको त्यो आवाज फैलँदै गएर अन्य साना सहरमा गुञ्जायमान भइसकेका छन् । त्यो आवाज अहिले पर परसम्म पुगिसकेको छ । प्राय उनीहरूको आवाज शान्त रूपमा अघि बढी रहेको हुन्छ । सुरक्षित स्थान हेरेर उनीहरू आफ्नो आवाज अगाडि बढाउन थालेका छन् ।

टाउकोमा जोखिम मोलेर अफगान महिला अतिवादी तालिवान नियमको विरुद्ध जागरुकता अभियान चलाइरहेका छन् । अहिले तालिवान सरकारले कामको सवालमा लुगा लाउने सवालमा, सार्वजनिक जीवन व्यतीत गर्ने सवालमा र अन्य विविध विषयमा महिलाको अधिकार हनन गरेको छ ।

तालिवानले सत्ता लिनु भन्दा एक महिना अगाडि सन् २०२१ को अगस्टमा अफगान महिलाले एउटा ‘ फिक्सन’ किताब लेखेका थिए । उनीहरूले आफूले भोगेको जीवनको सेरोफेरोमा रहेर त्यो पुस्तक लेखेका हुन् ।

धेरै अफगान महिलाले अन्तर्राष्ट्रिय समुदायमा आफू एक्लो महसुस गरे पछि ‘माई पेन इज द विङ अफ अ वर्ड’ लेखेका थिए । उनीहरूको त्यो पुस्तक कलम र म्यासेजको आधारमा अहिले संसारमा पुगेको छ । यसलाई संसारका लाखौँ महिलाले आफ्नो प्रतिनिधिमूलक पुस्तक ठानेका छन् । काबुलका दुई लेखिका परान्डासडाफ अहिले त्यस पुस्तकका कारण संसारमा लोकप्रिय बनेका छन् ।

‘म बिहान केही प्रतिबद्धता सहित उठेँ । कालो हेड स्कार्फसँग मुकाबिला गर्नकै लागि मैले टाउको गुलाफी स्कार्फ बेर्ने प्रतिबद्धता व्यक्त गरे’ पुस्तकमा त्यसो लेखिए पनि गुलाफी स्कार्फ युद्धको प्रतीक हुन सक्छ । उनीहरूलाई जबरजस्ती त्यो हटाउन लगाइन्छ ।

अहिले टाउकोमा लगाइने यसै कपडालाई लिएर महिलाको आन्दोलन तीव्र रूपमा अघि बढेको छ । अँध्यारो भए पछि गुलाफी स्कार्फ लगाउनेको एउटा भिड नै देख्न सकिन्छ ।

‘पछाडि फर्कनु पक्कै असहज हो । अगाडि जानु पनि ठुलो चुनौती हो । अब म आशावादी हुने या नहुने भन्ने दोधारमा छु । हामी पछाडि फर्कन सक्दैनौ’ कवयित्री अफीजुल्ला हमिमले लेखेकी छिन् ।

अहिले काबुलको सडकमा अफगान महिला विरोध प्रदर्शनमा उत्रेका छन् । उनीहरूले बोक्ने गरेको ब्यानरमा लेख्ने गरिएको छ ,‘रोटी , काम र स्वतन्त्रता ’ । त्यस प्रदर्शनमा सरिक हुनेलाई धरपकड र गिरफ्तार गरियो ।

अफगानको सिमाना इरानमा अहिले आन्दोलन चली रहेको छ । ‘उमन लाइफ फ्रिडम’ नामको त्यो आन्दोलन दबाउन सरकारले सकेसम्मको सबै हरकत गरे पनि त्यो सम्भव भएको छैन । इरानको त्यो आन्दोलनको माग हिजाव लगाउनु पर्ने बाध्यात्मक कानुनको अन्त्यका लागि हो ।

अफगानिस्तानको यो आन्दोलनको माग त्यो भन्दा फरक छ । महिलाले काम गर्न र शिक्षित हुनु पाउने पर्ने माग रहेको आन्दोलनले त अझ तीव्र र ठुलो स्वरूप लिने अनुमान गरिएको छ ।

‘तालिवान गार्डले हाम्रो कार्यालयको कारलाई रोकेको थियो । त्यो सुरक्षाकर्मीले मलाई नै लक्षित गरेको थियो । मेरो मुटुको चाल बढ्दो थियो । हामी तीर ठुलो हावा बढेको जस्तो महसुस भयो । जब हाम्रो कार त्यहाँबाट अगाडि बढ्यो हामीलाई हावाले दिसा परिवर्तन गरेको जस्तो महसुस भयो । त्यस पछि नै हाम्रो डर रिसमा परिवर्तन भएको हो’ लेखक भन्छिन् ।

अफगान महिलाको जिन्दगी त कठिन छ नै । साथै विद्रोही स्वभावका महिलाको जिन्दगी कठिन हुन त सामान्य हो । धेरै तालिवान सुरक्षाकर्मी आक्रामक छन् । कोही शालीन छन् । महिलाको यात्रा अलि छरपस्ट र नमिलेको जस्तो हुन थालेको छ । उनीहरूका लागि ७२ घण्टा सम्म यात्रा गरेका थिए । त्यो यात्रा त्यत्तिकै रमाइलो थियो ।

अफगान महिलाका लागि बच्चाका लागि जस्तै भ्रमण गर्नु आनन्द र रोमाञ्चक हो । क्याफेमा बच्चा र महिला रमाइ रहेको दृश्य साँच्चै रमाइलो हो । अहिले सामुदायिक पार्कका पनि बन्देज लगाइएको छ ।

जिम र वाथमा पनि एक किसिमको बन्देज छ । महिलाको लुगा मात्र हेरिँदैन । हिजाबको रङ्ग समेत हेर्न थालिएको छ । अहिले जीवन साँच्चै साँघुरिएको छ ।

पुस्तकको लेखिका भ्रमण गरेको एउटा पार्कको अनुभव अझ विस्तृत रूपमा गरिएको छ । उनीहरू सामुदायिक स्नान केन्द्रमा गएका थिए ती स्नान केन्द्रका साहुको छोरी १३ वर्षको थिइन् । तालिवानले विद्यालय खोल्न दिएका छैनन् । जबरजस्ती बालिकाको विवाह सुरु भएको छ ।, पुस्तकको लेखकले त आफूलाई त्यस १३ वर्षको बालिकाको अनुहार खोज्न थालिन् । ‘ मलाई पनि तालिवानले विवाह गर्न बल गरेका थिए । म त्यो बाट बचेर आएको हुँ ’ उनले भनिन् ।

सन् १९९० मा रहेको कठोर तालिवान सत्ताको एउटा कुरूप फेरि देखिएको छ । जुन समयमा शिक्षामा धेरै बन्देज लगाएर महिलालाई अवसरबाट विमुख गराइएको थियो ।

अफगानिस्तानमा महिलाको विरुद्धमा अनेक शब्द सामाजिक सञ्जालमा प्रयोग हुन थालेका छन् । त्यहाँको समस्या सरकार मात्र होइन, समुदाय पनि भएको छ । अहिले अफगान महिला पुरुषले तय गरेको दायरा भित्र आफूलाई बन्देज बनाइरहेका छन् । संयुक्त राष्ट्र संघले पछिल्लो समय तय गरेको मापदण्डका कारण धेरै कुरा सहज भएको छ । तथापि त्यो पूर्ण भने पक्कै होइन ।

यी यावत विकृतिका बाबजुद केही अफगान सञ्चार माध्यम एक दिन राम्रो दिन आउनेमा विश्वस्त हुन थालेका छन् । परान्डा लेखकको उपनाम हो । यसको मतलब चरा हो । उनी जस्तो शिक्षित महिला पिँजडामा बस्न चाहँदैनन् । धेरै उडेर बाहिर गए । धेरैको अझै आशा बाँकी छ । उनले ग्रामीण भेगमा पनि महिलाहरू कैदी जस्तो जीवन बिताइ रहेको महसुस गरेकी छिन् ।

‘लेख । किन डराएकी । सायद तिम्रो लेखाइले कसैको आत्मलाई सन्तुष्टि दिन सक्छ । तिम्रो कलम कसैको भाँचिएको पाखुराको समाधान हुन सक्छ । निराश मान्छेलाई यसले आशा दिलाउन सक्छ’ सडाफले लेख्नुको कारण प्रस्ट पारिन् ।

अफगानिस्तान जस्तो महिलाले कलम चलाउन कठिन काम हो । उनीहरूका लागि लेख्नका लागि एकान्त स्थान पाउनु नै पनि महत्त्वपूर्ण हो । यसै समयमा ‘ माई पेन इज द विङ अफ वर्ड’ले अफगानिस्तानमा नयाँ परिभाषा र व्याख्या थपेको छ । विद्यालयमा समेत यसका लेखकको बारे चर्चा हुन थालेको छ ।

१० जनाको परिवारमा रहेकी पारान्डाका लागि अहिले आम्दानीको श्रोत राम्रो छैन । उनको परिवारको पेट पाल्ने जोहो गर्नु नै उनका लागि महत्त्वपूर्ण काम बनेको छ । धेरै महिला चिकित्सक, नर्स र सुरक्षाकर्मी अहिले पनि कार्य क्षेत्रमा छन् । धेरै जसको लागि तालिवान राज्य पछि आफ्ना सारा कुरा खोसिएको छ ।

पारान्डामा अहिले आत्मबल पलाएको छ । विद्रोह गर्ने हिम्मतले नै अफगानिस्तानमा ज्वालामुखी जस्तो आँधी फैलिई रहेको छ । यो आधीमा एक दिन राष्ट्र संघले समेत साथ दिने परान्डाको विश्वास छ । बिस्तारै बालीका विवाह रोक्ने कामको सुरुवात भएको छ ।

इरान र अफगानिस्तान दुई फरक देशका फरक पृष्ठभूमि हुन् । यसै पृष्ठभूमिमा अहिले दुई मुद्दा उठेका छन् । इरानमा ‘ उमन लाइफ फ्रिडम ’को आगो दन्किएको छ । अफगानिस्तानमा ‘ माई पेन इज द विङ अफ वर्ड ’ले एउटा आगो बाल्ने छ । अफगानिस्तान महिला कठोर तालिवान सत्ताका लागि गह्रुँगो पनि हुन सक्ने छन् ।

 

(स्रोत : बीबीसी)

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १ : ४३ बजे

सुमन कोइराला ‘दले दाइ’ : नरम शैलीमा पेचिलो व्यङ्ग्य

काठमाडौं– सुमन कोइराला ‘कमेडी च्याम्पियन’बाट उदाएका हास्य कलाकार हुन् ।

कास्की पहिरो : कुलबहादुरलाई राति घरमा नबस्न छिमेकीले सल्लाह दिएका थिए

कास्की– कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटकी राधिका परियारले बिहीबार राति

अनलाइन अर्डरको डेलिभरीमा गन्ध आउने म:मको अचार : बर्गर हाउसलाई २ लाख जरिवाना

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एण्ड क्रन्ची फ्राइड

प्रचण्डले पाएनन् संसद्को विश्वास : पक्षमा ६३, विपक्षमा १९४

काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद्‍बाट विश्वासको मत पाउन असफल

नयाँ सरकारबारे छलफल गर्न राष्ट्रपतिले संविधानविद्‍लाई बोलाए

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नयाा सरकार गठनबारे छलफल गर्न संविधान