'सरकारले अध्यादेश ल्याउने निर्णय फिर्ता गर्नु पर्छ ' | Khabarhub Khabarhub

‘सरकारले अध्यादेश ल्याउने निर्णय फिर्ता गर्नु पर्छ ‘


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काङ्ग्रेसका महामन्त्री गगन थापाले सरकारले ल्याउन लागेको राजनीतिक अध्यादेश तुरुन्त फिर्ता गर्नु पर्ने बताएका छन् । सोमबार एक अभिव्यक्ति दिँदै उनले सरकारको अध्यादेश ल्याउने निर्णयको विषय र प्रक्रियाका बारेमा महामन्त्री विश्वप्रकाश शर्माले राखेको धारणा शत प्रतिशत सही रहेको बताएका छन्  ।

उनले भने ‘यो मेरो वा विश्वप्रकाश शर्माको मात्र होइन नेपाली कांग्रेस पार्टीकै धारणा हो, मान्यता हो। किनकी विगतमा पटक पटक यसरी अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको छ । अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ। त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै छ’ ।

सरकारले गरेको गलत निर्णयको भारी पार्टीले बोक्न नसक्ने उनले बताए ।

उनले अध्यादेशको सम्बन्धमा कांग्रेसको धारणा यस्तो रहेको स्पष्ट पारेका छन् :   

१. अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ। यो असंवैधानिक र अलोकतान्त्रिक र संसदीय व्यवस्थाको मर्म विपरित छ।


२. अहिलेको सरकार कामचलाउ हो, यसले दूरगामी महत्वको निर्णय गर्न मिल्दैन। अध्यादेश ल्याउन कानूनी र संवैधानिक हैसियत यो सरकारलाई छैन। यसको विषय र मनसाय गलत छ।


३. अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन मिल्दैन। यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखे नयाँ संसद्ले कानून बनाएर प्रक्रिया अगाडि बढाउन सक्छ। 


४. अदालत र संसद्को क्षेत्राधिकारको विषयमा कार्यपालिकाले हस्तक्षेप गरेको छ, त्यसैले सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ३ : ०२ बजे

जाऊँ है हेर्न चित्लाङको भेडाफार्म (तस्बिरहरू)

काठमाडौं– बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको थाहा नगरपालिकाको वडा नं. ६ मा

बाँझिएका बारीहरूमा उखुखेती, पाँच महिनामा एक करोडको कारोबार

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिका –४ दिगामका कृषकले व्यावसायिक उखुखेती गरेर

रविको पक्षमा हस्ताक्षर गर्न रास्वपा कार्यालयमा मनिषा (तस्बिरहरू)

काठमाडौं– अभिनेत्री मनीषा कोइराला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको

बागलुङको रात्माटामा नेत्रहीन कालिका सरफ उद्योग सञ्चालन

गलकोट– बागलुङ नगरपालिका–३ रात्माटामा नेत्रहीन कालिका सरफ उद्योग सञ्चालनमा ल्याइएको

शेखर समूहको बैठक : कारबाहीमा परेका विष्णुदेखि मन्त्रीसमेत सहभागी भए

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहका नेताहरूको बैठक