लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व « Khabarhub

लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी प्रदेशसभामा यसपटक १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ । अघिल्लो पटकको निर्वाचनमा पाँच राजनीतिक दल रहेकोमा यसपटक दोब्बरले बढेको हो ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ प्रदेश सांसद छनोट भएका छन् । ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य भएकाले प्रत्यक्षतर्फ एक जना मात्र महिला निर्वाचित भएको हुँदा समानुपातिकमा सबै दलबाट अधिकांश महिला चुनिएका छन् ।

३५ समानुपातिक सिटमध्ये ३१ जना महिला र चार जना पुरुष छनोट भएका छन् । सबै दलले निर्वाचन आयोगमा अन्तिम नामावली बुझाइसकेका छन् । समानुपातिकतर्फ लुम्बिनीमा एमालेले ११, कांग्रेसले १०, माओवादी केन्द्रले चार, राष्ट्रिय प्रजातन्त्र पार्टी दुई, नागरिक उन्मुक्ति पार्टीले दुई, जनमत पार्टीले दुई, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाले एक एक गरी ३५ सिट प्राप्त गरेका छन् ।

निर्वाचनमा ३२ दल सहभागी रहेपनि संसदमा १० दलको प्रतिनिधित्व भएको हो । एकीकृत समाजवादी र जनमोर्चाले भने प्रत्यक्षमा कुनै सिट नल्याए पनि समानुपातिकमा एक एक सिट ल्याएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ४ : ३३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार