श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ « Khabarhub

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– श्रीमानको घाँटी थिचेर हत्या गरेको आरोपमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका-१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बलबहादुर र लक्ष्मीबीच मंसिर २४ गते साँझ घरायसी झगडा हुँदा बलबहादुरले श्रीमतीलाई कुटपिट गरेका थिए । रिसको झोकमा लक्ष्मीले कम्मरमा बाँधेको पटुका निकालेर श्रीमानको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए । 

लक्ष्मीले पासो लगाई घरको दोस्रो तलाको दलिनमा झुन्डाएर श्रीमानलाई मारेको प्रहरीसामु बयान दिएकी छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ६ : २५ बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका