जाजरकोट दुर्घटनामा ११ जनाको मृत्यु, सबै मृतकको पहिचान खुल्यो « Khabarhub

जाजरकोट दुर्घटनामा ११ जनाको मृत्यु, सबै मृतकको पहिचान खुल्यो


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा ११ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा छेडागाड ५ का दिपक अधिकारी, छेडागाड ५ कै नैनसरा अधिकारी, सोही स्थानका जैकुवरा बुढा, रामबहादुर बुढा, छेडागाड ६ का वीर बहादुर खत्री छन् ।

त्यसैगरी दैलेखको भगवती गाउँपालिका २ का अमर खड्का, भगवती २ कै मान बहादुर रावत, सोही स्थानका बिरेन्द्र केसी, छेडागाड ५ की देवीसरा बुढा, छेडागाड ५ कै अमर अधिकारी र सोही स्थानकी निषा अधिकारीको पनि दुर्घटनामा मृत्यु भएको छ ।

दुर्घटनामा छेडागाड ५ का जैभान अधिकारी गम्भिर घाइते भएका छन् । चार जना मात्र क्षमता भएको उक्त बोलेरो गाडीमा १२ जना सवार रहेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ७ : २१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको