हुम्लाको सिमकोटबाट १५ वर्षीया किशोरी बेपत्ता « Khabarhub

हुम्लाको सिमकोटबाट १५ वर्षीया किशोरी बेपत्ता


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सिमकोट – सिमकोट गाउँपालिका–७ को धारापोरी गाउँकी एक जना किशोरी बेपत्ता भएकी छन् । प्रहरीका अनुसार धारापोरी गाउँकी १५ वर्षकी परेउकला सिंह सोमबार दिउँसोबाट बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनुअघि सिंहले मेरो आत्माले शान्ति पाओस् भन्ने लेखेको पत्र धारापोरी प्रहरीलाई प्राप्त भएको थियो । पत्रका आधारमा प्रहरी नजिकैको कर्णाली नदीमा हामफालेको हुन सक्ने आशंका गरेको छ । सोही गाउँपालिका–८ को खोल्सी गाउँका एक जना युवा अनिल शाहीसँग सिंहको प्रेम सम्बन्ध थियो ।

आइतबार ती युवाले अर्कै युवतीसँग बिहे गरेको जानकारी पाउनेबित्तिकै उनी बेपत्ता भएकी हुन् । बेपत्ता सिंहका परिवारले युवाविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

अहिले प्रहरी र स्थानीय मिलेर सिंहको खोजी जारी राखेको छ । अर्कै केटी बिबाह गरेका शाही पनि बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ८ : ३१ बजे

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का

हिजो नबलेको एनपीएलको फ्लडलाइट आज बालियो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र

बड्कापथ सिँचाइ आयोजनाले ६१० हेक्टरमा सिँचाइ सुविधा

तुलसीपुर– दाङको गढवा गाउँपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने

बुर्किना फासोमा इस्लामिक अतिवादी समूहबीच भीषण लडाईँ, पछिल्लो घटनामा ४ सय लडाकु मारिए

काठमाडौं– अफ्रिकाको साहेल क्षेत्रमा अवस्थित बुर्किना फासोमा इस्लामिक लडाकु समूहबीचको