भूपि काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई « Khabarhub

भूपि काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कवि भूपि शेरचनको स्मृतिमा उनका परिवारबाट स्थापित थकाली सेवा समिति पोखराद्वारा प्रदान गर्ने यस वर्षको भूपि काव्य पुरस्कार काठमाडौँकी उषा शेरचनलाई दिइने भएको छ । पुरस्कार छनोट समितिको आज बैठकले यस वर्षको पुरस्कार शेरचनलाई प्रदान गर्ने निर्णय गरेको समितिका संयोजक अशोककुमार भट्टचनले जानकारी दिए ।

आगामी पुस १० गते ८९औँ भूपि जयन्तीका अवसरमा पोखरामा कार्यक्रमको आयोजना गरी साहित्यकार शेरचनलाई उक्त पुरस्कार प्रदान गरिने उनले बताए । नेपाली साहित्य क्षेत्रमा योगदान दिने स्रष्टालाई प्रदान गरिने उक्त पुरस्कारको राशि रु ५० हजार दोसल्ला र सम्मानपत्र छ ।

पुरस्कार छनोट समितिमा साहित्यकार सरुभक्त श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति पदमराज ढकाल, थकाली सेवा समितिका अध्यक्ष इन्जिनियर रुजिन्द्र तुलाचन र कार्यसमिति सदस्य ज्योति शेरचन रहेकी थिइन । हरेक दुई–दुई वर्षमा दिइँदै आएको यो पुरस्कारबाट यसअघि साहित्यकार सरस्वती प्रतीक्षा, मोमिला, रत्नशमशेर थापा र तीर्थ श्रेष्ठ पुरस्कृत भईसकेका छन् ।

विसं १९९२ पुस १० गते मुस्ताङमा जन्मिएका भूपि लेखनको आरम्भिक चरणमा सर्वहाराका लागि कविता लेख्दै पछि समसामयिक विषयमा सरस र व्यङ्ग्यात्मक कविता लेख्दै सशक्त कविका रुपमा स्थापित बनेका थिए । उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासङ्ग्रह २०२५ लाई नेपाली कवितामा विशिष्ट मानिन्छ । भूपिले सो कृतिबाट २०२६ सालको साझा पुरस्कारसमेत प्राप्त गरेका थिए । नारायण गोपालको स्वर र भूपिको शब्द रहेको अल्झे छ क्यारे पछ्यौरी गीत निकै चर्चित छ । परिर्वतन नाटक ९२०१००, नयाँ झ्याउरे कविता २०१० र निर्झर कविता २०१५ उनका प्रकाशित कृतिहरू हुन् ।

 

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ९ : २४ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको