भूपि काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई « Khabarhub

भूपि काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कवि भूपि शेरचनको स्मृतिमा उनका परिवारबाट स्थापित थकाली सेवा समिति पोखराद्वारा प्रदान गर्ने यस वर्षको भूपि काव्य पुरस्कार काठमाडौँकी उषा शेरचनलाई दिइने भएको छ । पुरस्कार छनोट समितिको आज बैठकले यस वर्षको पुरस्कार शेरचनलाई प्रदान गर्ने निर्णय गरेको समितिका संयोजक अशोककुमार भट्टचनले जानकारी दिए ।

आगामी पुस १० गते ८९औँ भूपि जयन्तीका अवसरमा पोखरामा कार्यक्रमको आयोजना गरी साहित्यकार शेरचनलाई उक्त पुरस्कार प्रदान गरिने उनले बताए । नेपाली साहित्य क्षेत्रमा योगदान दिने स्रष्टालाई प्रदान गरिने उक्त पुरस्कारको राशि रु ५० हजार दोसल्ला र सम्मानपत्र छ ।

पुरस्कार छनोट समितिमा साहित्यकार सरुभक्त श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति पदमराज ढकाल, थकाली सेवा समितिका अध्यक्ष इन्जिनियर रुजिन्द्र तुलाचन र कार्यसमिति सदस्य ज्योति शेरचन रहेकी थिइन । हरेक दुई–दुई वर्षमा दिइँदै आएको यो पुरस्कारबाट यसअघि साहित्यकार सरस्वती प्रतीक्षा, मोमिला, रत्नशमशेर थापा र तीर्थ श्रेष्ठ पुरस्कृत भईसकेका छन् ।

विसं १९९२ पुस १० गते मुस्ताङमा जन्मिएका भूपि लेखनको आरम्भिक चरणमा सर्वहाराका लागि कविता लेख्दै पछि समसामयिक विषयमा सरस र व्यङ्ग्यात्मक कविता लेख्दै सशक्त कविका रुपमा स्थापित बनेका थिए । उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासङ्ग्रह २०२५ लाई नेपाली कवितामा विशिष्ट मानिन्छ । भूपिले सो कृतिबाट २०२६ सालको साझा पुरस्कारसमेत प्राप्त गरेका थिए । नारायण गोपालको स्वर र भूपिको शब्द रहेको अल्झे छ क्यारे पछ्यौरी गीत निकै चर्चित छ । परिर्वतन नाटक ९२०१००, नयाँ झ्याउरे कविता २०१० र निर्झर कविता २०१५ उनका प्रकाशित कृतिहरू हुन् ।

 

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ९ : २४ बजे

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

थारू बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज– दसैँ पर्वका अवसरमा बाँकेका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम