प्रादेशिक संरचनाअनुसार सुन वितरणको व्यवस्था मिलाउन आग्रह « Khabarhub

प्रादेशिक संरचनाअनुसार सुन वितरणको व्यवस्था मिलाउन आग्रह


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासङ्घले प्रादेशिक संरचनाका आधारमा सुन वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको टोलीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसँग भेट गरी सङ्घीय सरचनाअनुरुप हुनेगरी सुन वितरणको कार्यविधि संशोधन गर्न आग्रह गरेको हो ।

हालसम्म पुरानै संरचनाअनुरुप अञ्चलगत रुपमा बनेको कार्यविधिअनुसार सुन वितरण हुँदै आएको र विद्यमान अवस्थामा सो विधि व्यावहारिक हुन नसकेको भन्दै महासङ्घले यथाशीघ्र प्रादेशिकरुपमा सुन बाँडफाँटको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रले महासङ्घले राखेको मागलाई आफूले गम्भीररुपमा लिएको र यस विषयमा सम्बन्धित निकायमा परामर्श गरी आवश्यक निर्णय लिइने बताए। व्यवसायीहरुले सुनको कोटा कम हुँदा देशभरका सुनचाँदी व्यवसायी मर्कामा परेको उल्लेख गर्दै आपूर्ति प्रणालीमा सुधार गर्नसमेत आग्रह गरेका थिए ।

त्यस अवसरमा महासङ्घका अध्यक्ष शाक्यले व्यवसायीले सुन खरिद गर्दा प्रत्येक बैंकमा खाता खोल्नुपर्ने बाध्यात्मक र असहज अवस्था रहेको बताए । पछिल्लो समयमा दैनिक १० किलोका दरले सुनको आयात हुँदै आएको छ । जुन बजारको मागको तुलनामा अत्यन्तै कम भएको व्यवसायीको गुनासो छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ९ : ३७ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल